सैनिक आवासिय महाविद्यालयमा पेटि परिक्षा

पोखरा, ०५ पौष-पोखरा फुलबारी स्थित सैनिक आवासिय महाविद्यालयमा सितिरियो करांतेको शनिबार पेटी परिक्षा÷बेल्ट टेष्ट कार्यक्रम सम्पन्न भएको छ । कराँंतेको बेल्ट टेष्ट कार्यक्रममा सुर्दशन सुनाम प्रथम, पयुत क्षेत्री द्धितिय र दिपा बराल तृतिय भएका छन् । यस्तै आयुस केसी अनुशासीत घोषित भएका छन् ।
विजेता विद्यर्थीहरुलाई सैनिक महाविद्यालय फुलबारीका सैनिक सु.शेरबहादुर सुनारले खादा तथा प्रमाणपत्रद्धारा सम्मान गर्नुभयो । उक्त अवसरमा बोल्दै सु.सुनारले अब आउंने खेलमा खेलाडिहरुले राम्रो खेल प्रदर्शन गर्दै सैनिक आवासिय महाविद्यालयको नाम उच्च राख्ने विश्वास व्यक्त गर्नुभयो । यसका लागि खेलाडिहरुमा थप ज्ञान तथा सीप हासिल गर्न आवाश्यक रहेकामा सु.सुनारले जोड दिनुभयो ।
राष्ट्रिय प्रशिक्षक समेत रहनुभएका सितिरियो करांते संघ कास्कीका सचिव धन लामाले विद्यार्थीहरुलाई थप प्रयास तथा परिश्रमको आवाश्यक पर्ने बताउनुभयो । सचिव लामाले कडा परिश्रमले खेलाडिको भविष्य निर्धारण गर्ने बताउँदै आगामी दिनको लागि शुभकामना व्यक्त गर्नुभयो । कराँतेको बेल्ट टेष्ट कार्यक्रममा १ सय ५० जना खेलाडिहरुको सहभागिता थियो ।

Facebook Comments