सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

कात्तिक ५ । संखुवासभामा नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने चिचिला गाउँपालिका–१ का राजकुमार राईलाई पक्राउ गरिएको हो ।

राईलाई रु ५८ हजारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए ।उनले सदरमुकाम खाँदबारीमा सेनाको जवानका लागि प्रतिस्पर्धा गर्दै गरेका एक युवासँग रु ८० हजार मागेका थिए । ्सेनाको बराह दल गुल्मले हालै एक सय जनाका लागि खाँदबारीमा भर्ना प्रक्रिया अघि बढाएको थियो ।

Facebook Comments