सुपर ओभरमा जित्यो बुटवलले, काठमाडौंको दोश्रो हार, धनगढीको सुखद शुरुवात

सन्देश श्रेष्ठ पोखरा, मंसिर ३० । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टरले सुपर ओभरमा जित निकालेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सोमबार भएको दोश्रो खेलमा बुटवल ब्लास्टरले नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्स वारियरलाई सुपर ओभरमा १० रनले हराएको हो ।

यसअघी काठमाडौंले दिएको १४१ रनको लक्ष्य पछ्याएको बुटवल १४० रनमा सिमित हुँदै बराबरी भएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा बुटवलले पहिले ब्याटिङ गर्दै १२ रन बनायो । सुपर ओभरमा बुटवलका हर्ष टोन्कले ९ तथा शिवम सिंहले ३ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले केवल २ रन मात्र बनाउन सक्यो । बुटवलका अभिनाश बोहराको किफायती बलिङमा बुटवलले काठमाडौंलाई हराएको हो । आइतबारको खेलमा पोखरा पल्टनसँग पराजित काठमाडौंको यो दोश्रो हार हो ।यसअघी निर्धारित २० ओभरको खेलमा टस जितेर बुटवलले फिल्डिङ रोजेपछि काठमाडौंले पहिलो ब्याटिङ गर्दै ६ विकेटको क्षेतिमा १४० रन बनाएको थियो । १४१ रनको बिजय लक्ष्य पछ्याएको बुटवलपनि पूरै ओभर खेल्दै ७ विकेटको क्षेतिमा १४० रनमा सिमति भएको थियो ।

बुटवलका लागि हर्ष टंकले सर्बाधिक ४५ रनको योगदान दिए । विष्फोटक पारी खेलेका उनले २९ बलको सामना गर्दै ३ छक्का र ३ चौका हिर्काए । बुटवलका लागि शिवम सिंहलेपनि विष्फोटक पारी खेल्दै २१ बलमा ३३ रन बनाए । त्यस्तै शंकर रानाले २०, अफ्तावबुद्धिन अहमदले १४, भीम सार्कीले १३, सोमपाल कामीले ११ रन बनाए । विपिन कार्की र हरी चौहानले खाता खोल्न सकेनन् ।काठमाडौंका सुबोध भाटी र सुशन भारीले २÷२ विकेट लिए भने सूर्य तामाङ, अमर रौटेला र पवन सराफले १÷१ विकेट लिए ।

यसअघी काठमाडौंले पहिलो ब्याटिङ गर्दा पवन सराफले विष्फोटक पारी खेल्दै ३७ रनको योगदान दिए । २१ बलको सामना गरेका उनले २ छक्का र ३ चौका हिर्काए । त्यस्तै जयकृषन कोल्सावालाले २८, आदी खानले २३, सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्लले समान १५÷१५, अमर रौटेलाले १४ रन बनाए भने विदेशी खेलाडी गौरव तोमरले १ रनमात्र जोडे भने सुबोध भाटीले खातासमेत खोल्न सकेनन् ।काठमाडौंको ब्याटिङ धरासायी बनाउन बुटवलका नितेश थापाले २ तथा हरि चौहान र अभिनाश बोहराले समान १÷१ विकेट लिए ।प्रतियोगितामा बुटवलका हर्ष टोन्क म्यान अफ दी म्याच घोषित भए । उनलाई नेपाल टेलिकमको तर्फबाट नगद १० हजारसहित ट्रफी प्रदान गरिएको थियो ।

यसअघी पीपीएल प्रतियोगिताको दोश्रो तथा सोमबारको पहिलो खेलमा धनगढी ब्लुजले सुखद शुरुवात ग¥यो । सोमबारको पहिलो खेलमा धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गर्दै बिजयी शुरुवात गरेको हो । विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि पहिलो व्याटिङ गर्दै धनगढीले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा ११७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले पूरै ओभर खेल्दै ९ विकेटको क्षेतिमा ११२ रनमा सिमित भएपछि धनगडीले पहिलो जित निकाल्यो ।

पहिलो ब्याटिङमा उत्रिएको धनगडीका लागि कमलसिंह ऐरीले सर्बाधिक रनको योगदान दिए । २१ वलको सामना गरेका उनले २ छक्का र २ चौकाको मद्धतमा अविजित २६ रनको योगदान दिएका हुन् । त्यस्तै श्रीमन्थ विजयारत्नेले २५, रोड्रिगो थोमसले १६, सौरभ खनालले १२ र मञ्जित श्रेष्ठले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

धनगढीका लागि सन्दीप जोराले ७, सन्दीप सुनारले ३, अमित यादवले ३ र सागर ढकालले १ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरी शुन्यमा आउट भए । कप्तान ऐरी पहिलो वलमै साहब आलमको बलमा पुनित मेहराको हातबाट क्याच आउट हुँदै पेभेलियन फर्किएका थिए ।बलिङतर्फ विराटनगरका लागि साहब आलमले सर्बाधिक ३ विकेट लिए भने नोमन खानले २ तथा किशोर महतो, पुनित मेहरा र मुहम्मद जाहिद अलामले १÷१ विकेट लिए ।

मध्यम लक्ष्य पछ्याएको धनगडीले खराब शुरुवात ग¥यो । पहिलो वलमै मुहम्मद जाहिद आलमलाई गुमाएको विराटनगरले ०.४ ओभरमा दीलिप नाथलाई गुमाउँदा केवल ३ रन थियो । आलम र दीलिप दुबै शून्य रनमा आउट भए । विराटनगरको ईनिङ राजु रिजाल र सुनिल धमलाले उकास्ने प्रयास गरेपनि हार टार्न सकेनन् । राजुले २५ र धमलाले १८ रनको योगदान दिए । त्यस्तै विराटनगरका लागि पुनित मेहराले १५, नोमन खानले ११ र कप्तान प्रदीप ऐरीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंक बनाउन सकेनन् । किशोर महतोले ८, जितेन्द्र मुखियाले ६, राजेश पुलामीले २ र साहव आलमले १ रन बनाए ।

विराटनगरको ईनिङ धरासायी बनाउन दीपेन्द्रसिंह ऐरीले ३, सागर ढकालले २ तथा कमलसिंह ऐरी, अमित यादव र अनिल खरेलले १÷१ विकेट ।उक्त खेलमा धनगढीका दीपेन्द्र्रसिंह ऐरी म्यान अफ दी म्याच घोषित भए । उनलाई नेपाल टेलिकमको तर्फबाट नगद १० हजारसहित ट्रफी प्रदान गरिएको थियो । प्रप्तियोगिता अन्तर्गत मंगलबार घरेलु टोली पोखरा पल्टन र चितवन राइनोज प्रतिष्पर्धामा उत्रिनेछन् ।

Facebook Comments