सुनको मूल्य २०० ले घट्यो, चाँदीको स्थिर

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य रु २०० ले घटेर ७० हजार २०० मा कारोबार भएको छ ।

सोमबार सुनको मूल्य तोलामा ७० हजार ४०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्य ६९ हजार ९०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Facebook Comments