सुनको मूल्य प्रतितोला १ हजार बढ्यो

काठमाडौं पुस १८ । सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बढेको छ । बढेको मूल्यसँगै शुक्रबार सुनको मूल्य प्रतितोला ७४ हजार ५ सय रुपैयाँ पुगेको ५ ।

बुधबार र बिहीबारस्थिर रहेको सुनको मुल्य शुक्रबार एकै दिन तोलामा १ हजार बढेर प्रति तोला ७४ हजार ५ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ हजार रुपैयाँ बढेर नेपालको इतिहासमा सबैभन्दा महँगो अर्थात रेकर्ड ब्रेक गरेको छ ।
बिहीबार छापावाला सुन तोलाको ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, तेजावी सुनको मुल्य ७४ हजार २ सय कायम भएको छ । यस भन्दा अगाडी गत भदौ ९ गते सुनको मुल्य तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि बजारमा घटेर ७० हजार रुपैयाँसम्म पुगेको थियो ।

चाँदीको मुल्य भने स्थिर छ । नेपाली बजारमा चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । सुनको मूल्य आश्चर्यजनक रूपमा वृद्धि हुनेमा आन्तरिक कारण नभइ अन्तर्राष्ट्रिय मुल्यले प्रभाव पारेको तथा अमेरिका र इरानबिच टकाराव बढेकाले सुनको मुल्य अझै बढ्न सक्ने महासंघले जनाएको छ ।

Facebook Comments