सुनको मूल्यले राख्यो ऐतिहासिक ‘रेकर्ड’

काठमाडौं २१ पुस । नेपाली बजारमा सुनको मूल्यले फेरि ऐतिहासिक कीर्तिमान ९रेकर्ड० कायम गरेको छ ।आइतबार प्रतितोला ७५ हजार ५ सय पुगेको सुनको मूल्य सोमबार पुनः ५ सय रुपैयाँले बढेर ७६ हजार पुगेको हो ।

छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ अहिलेसम्मकै सबैभन्दा उच्च हो ।सोमबार तेजाबी सुनको मूल्य भने प्रतितोला ७५ हजार ७ सय पुगेको छ ।पछिल्लो समय भारतीय रुपैयाँ ९भारु० डलरको तुलनामा कमजोर हुँदै गएपछि सुनको मूल्य बढ्दै गएको व्यवसायीहरुको भनाइ छ ।व्यवसायीहरुका अनुसार सुनको मूल्य अझै बढ्न सक्छ ।

Facebook Comments