सुनकोशी बस दुर्घटना :मृतक १७ जनाको सनाखत, घाईते केहि फर्किए, केहिको उपचार हुँदै(नामावलि)

आरजू, पोखरा, कात्तिक १८-आईतवार सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका ९ सुनकोशीमा बस दुर्घटना हुँदा मृत्यु भएका सबैको मृतकको सनाखत भएको प्रहरीले बताएको छ । बस दुर्घटनामा परि १७ जनाको मृत्युु भएको थियो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउपालिका–२७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ४ की सलिना तामाङ, ३ का तीन महिने शिशु सिसन तामाङ, ५ की ५२ वर्षीया चेतकुमारी बस्नेत, ३ की ५१ वर्षीया रत्नकुमारी राउत, ५ का वर्ष १४ का निखिल खड्का, ४ का वर्ष १४ का दिल लामा, वर्ष २९ का किरण राउत, वर्ष २० की कविता राउत रहेकन छन् ।

यस्तै, शैलुङ गाउपालिका ३ की वर्ष ३२ की निर्मला खड्का, ६ की वर्ष ७० की उरमाया मोक्तान र भीमेश्वर नगरपालिकाकी २४ वर्षीया रञ्जिीता केसी बस्नेत, काभ्रे रोशी गाउँपालिका ४ की सजिना तामाङ छन्। दोलखा शैलुङ्गेश्वरी ५ कि ३८ बर्षिय सानू राउत आले, ३ को १३र१४ बर्षिय निकेश खड्का र चितवन पटीहानीकी ५६ बर्षिय पुजा बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूको उपचार जारी रहेको उनले बताए । केही बिरामी अस्पतालबाट डिस्चार्ज भैसकेको छन् । खोलाले शव बगाएको अनुमान गरिएकोले अझै खोजिकार्यलाई जारी राखिएको उनले बताए ।

दोलखाको मागा देउरालीबाट काठमाडौँ आउदै गरेको बा २ खा ७२४५ को बस आइतबार सुनकोशी नदिमा खसेको थियो । धेरै भार र तिव्र गतिको कारण बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Facebook Comments