सुजुकीको‘एस–प्रेसो’ को पोखरामा बिक्री शुरु

पोखरा,१ मंसिर ।सुजुकी गाडीको गण्डकी धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता बतास ब्रदर्स प्रा.लि.ले पोखराको बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’ को विक्री शुरु गरेको छ ।
सुजुकी शोरुम नयाँबजारमा आज आयोजिक कार्यक्रममा बतास ब्रदर्शका प्रवन्ध निर्देशक शान्तराज बतासले पहिलो ग्राहक सुशीला सिग्देललाई गाडीको चावी हस्तान्तरण गरेर विक्री शुभारम्भ भएको घोषणा गरे ।


विभिन्न चार भेरियन्टमा उपलव्ध यस गाडीको मुल्य रु २२ लाख ९९ हजार देखी २५ लाख ४९ हजारसम्म रहेको छ । विक्री शुभारम्भको दिन रु ९० हजार तथा त्यसपछिका दिनमा रु ६० हजार छुट प्रदान गरिने बताइन्छ ।


‘बोल्ड अनि पावरफुल एसयुभी लुक्स’ले गर्दा यो ‘योङ एसयुभी’अरु भन्दा भिन्न रहेको र ‘हार्ट टेक्ट प्लेटफर्मको पाँचौं पुस्तामा निर्माण गरिएको तथा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएकाले यसको बनोटलाई अझ बलियो, सुरक्षित र कठोर बनाइ दिएको विक्री प्रवन्धक नवराज अधिकारीले बताए ।

‘आकर्षक बनोट तथा ‘अपराइड ए–पिलर’ र ‘ब्याक डोर’ डिजाइनले बलियो एसयुभीको स्वरुप दिएको छ।’अधिकारीले भने,‘यस क्षेत्रमा यस गाडीले धेरैलाई आकर्षित गर्ने विश्वास लिएका छौँ।’
गाडीमा प्रतिलिटिर २१ किमी माइलेज तथा एक सय ८० को हाइ ग्राउन्ड क्लेरेन्स रहेको बताइन्छ ।
भारतको पछिल्लो सुरक्षा मापदण्डमा आधारित रहेकाले यात्रुको सुरक्षा प्रत्याभुत गर्नुका साथसाथै यसमा ‘डुअल एअरब्याग’,इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन, सहितको एन्टिलक ब्रेकिङ सिस्टम विशेषता रहेको सिनीयर सेल्स अफिसर विक्की गुरुङले जानकारी दिए ।


यसका साथै प्रि–टेन्सनर र फोर्स लिमिटर सहितको सिट बेल्ट, ड्राइभर र को–ड्राइभरका लागि सिट ‘बेल्ट रिमाइन्डर’, ‘रियर पार्किङ असिस्ट सिस्टम’, ‘हाई स्पिड वार्निङ एलर्ट’ र ‘रिभर्स पार्किङ सेन्सर’ लगायतका सुरक्षा फिचरहरु रहेको कम्पनीले जनाएको छ ।

Facebook Comments