सीरियाई सेनाको आक्रमणमा ३३ टर्किस सैनिकको ज्यान गयो, जवाफि कारबाहि शुरु

अनलाइनअन्नपूर्ण/पोखरा, फागुन १६

सीरियाई सेनाले गरेको एउटा हवाई आक्रमणमा कम्तिमा पनि ३३ जना टर्किस सैनिक मारिएका छन् । टर्किस अधिकारीहरुले दिएको जानकारी अनुसार आक्रमणमा उत्तर पश्चिम सीरियामा भएको हो । टर्किको हाते प्रान्तका गर्भनर रहमी डोगनले हमलाको कारण इदबिलमा कयौं मानिस घाईते भएको बताएका छन् ।

यसैबिच टर्किका राष्ट्रपति रेचेप तैयप अर्दोआनले उच्चस्तरीय सुरक्षा बैठक बोलाएपछि टर्किले सीरियाई हमलाको जवाफि कारबाहि चलाएको छ । इदलिव हाल विद्रोहीको कव्जामा रहेको छ भने रुसको समर्थनमा सीरियाइ सेनाले उक्त क्षेत्रलाई विद्रोहीको कव्जाबाट मुक्त गराउन चाहेको छ । प्राप्त विवरणका अनुसार विद्रोहीलाई टर्किका सेनाको समर्थन मिलेको छ ।

राष्ट्रपति अर्दोआनले सीरियाई सरकारलाई आफ्नो सेना फिर्ता बोलाउन आग्रह गरेको बीबीसीले लेखेको छ ।फोटोःएएफपि

Facebook Comments