सिवाकोटीलाई सुरक्षा चाहियो : नेपाल प्रेस युनियन, प्रेस माथिको धम्की र गैरजिम्मेवार चरित्र विरुद्ध आन्दोलनमा उत्रने चेतावनी

पोखरा, १६ असोज-नेपाल प्रेस युनियन बझाङले महासचिव अजयवावु सिवाकोटीलाई सुरक्षा चूनौती देखिएकोले सुरक्षा प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ ।

नेपाल प्रेस युनियन बझाङका अध्यक्ष रमानन्द जोशीले आज एक प्रेस विज्ञपि्त जारि गरी महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरुबाट धम्की दिने र केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति आपति्त प्रकट गर्नुभएको छ ।

हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रकाशित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेकोÚ भन्ने समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक सिवाकोटी माथी सुरक्षा चुनौती देखिएको सम्बन्धमा नेपाल प्रेस युनियन बझाङले गमि्भर ध्यानाकर्षण भएको जनाएको हो ।

‘नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यकि्त स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौ’–विज्ञपि्तमा उल्लेख गरिएको छ ।

समाचार लेखेकै आधारमा महासचिव सिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यकि्त तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न तथा उहाँको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग माग गरेको छ ।

कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो हुँदा हुँदै त्यसका विपरीत हुलहुज्जत गर्ने र धम्क्याउने कार्यले सिंगो प्रेस जगतलाई नै आतंकीत बनाउन खोज्नु दुभाग्र्यपूर्ण भएको उल्लेख गर्दै प्रेस माथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे कडा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ ।

Facebook Comments