सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौं २६ मंसिर। सिन्धुपाल्चोक केन्द्र बनाएर विहीबार साँझ भूकम्प गएको छ । ७ बजेर ११ मिनेटमा गएको भूकम्पको धक्का ४.८ रेक्टर स्केल मापन गरिएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा पनि महशुस भएको छ । भूकम्पको धक्का महशुस भएपछि काठमाडौं केही मानिस घर बाहिर निस्किएका थिए ।

Facebook Comments