सिद्धार्थ ईन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम रुपा गाउँपालिकामा

पुस १३, पोखरा-सिद्धार्थ ईन्स्योरेन्स लि.ले कास्कीको रुपा गाउपालिकामा घुम्ती बीमा कार्यक्रम सम्पन्न गरेको छ । बीमाको कार्यालयसम्म पहुँच नभएका ग्रामीण जनतालाई उक्त सेवा प्रदान गर्ने उद्देश्यसहीत संचालन भएको कार्यक्रम सुरुवात मात्र भएको र अब घूम्ती बीमा सेवालाई प्रभाबकारी तरिकाले अगाडी बढाउने प्रतिबद्वता कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले ब्यक्त गर्नुभयो ।

प्रमुख अतिथी रुपा गाउपालिका अध्यक्ष नबराज ओझाले कृषी र पशुपालन गाउपालिकाको पनि प्राथमिकताको क्षेत्र भएकोले बीमामार्फत आर्थिक सुरक्षणको लागि गाउपालिकाले सहयोग गर्ने जानकारी गराउनुभयो । उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाइले बीमा कम्पनीहरु शहरमुखी भएकाले समितिमार्फत नै घूम्ती बीमालाइ अगाडी बढाइएकोले ढुक्ककासाथ बीमा गर्न कृषकहरुलाई अपिल गर्नुभयो ।

कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष, बिभिन्न वडाका वडाध्यक्षहरु र अग्रणी किसानहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित कृषकहरुले बालि तथा पशुपन्छी बीमा र अन्य बीमाका बारेमा अन्तरकृया समेत गरेका थिए ।

Facebook Comments