सार्सको महामारीलाई उछिन्यो कोरोनाभाइरसले, ४२७ को मृत्यु, २० हजार वढि संक्रमित,

“अमेरिकाले वढाईचढाई र त्रास फैलायो :चीन”

अनलाइनअन्नपूर्ण/माघ २१, पोखरा

कोरोनाभाइरसले मंगलवारसम्म ४२७ जनाको ज्यान लिएको छ । यसको कारण विश्वव्यापी २० हजार वढि मानिस संक्रमित भएका छन् । चीन बाहिर फिलिपिन्समा एक को मृत्यु भएको छ ।

कोरोनाभाइरस उत्पत्ति भएको मुख्यभूमि चीनमा कोरोनाभाइरस को महामारीले सार्सको २००३ को महामारीलाई पनि उछिनेको छ । त्यो बेलामा सार्सबाट चीनमा ९ महिनाको अवधिमा ३४९ जनाको मृत्यु भएको थियो ।

डिसेम्बरमा चिनियाँ शहर वुहानमा पहिलो पटक कोरोनाभाइरस पत्ता लागेपछि २५ भन्दा वढि देशमा यो फैलिएको पुष्टि भईसकेको छ ।

चीन र चीन बाहिर फैलिएको कोरोनाभाइरसको कारण विभिन्न देशले आफ्ना नागरिक र हवाई उडानलाई रोकेका छन् । अमेरिका, अष्ट्रेलिया, सिंगापुरले चीनको भ्रमण गरेकाहरु र नयाँलाई त्यहाँ जान रोक लगाएका छन् ।

न्यूजिल्याण्ड, ईजरायलले चीनमा हवाई उडान रद्ध गरेका छन् भने जापान, दक्षिण कोरीयाले हुवेईको भ्रमण गरेका मानिसलाई आफ्नो देश प्रवेशमा रोक लगाएका छन् । इजिप्ट, फिनल्याण्ड, ईण्डोनेसिया, यूके र इटालीले सबै हवाई उडानलाई रद्ध गरेका छन् । रसिया र मंगोलियाले आफ्नो सिमा क्षेत्रलाई सिल गरेका छन् ।

५ सय मानिस अस्पतालबाट डिस्चार्ज

यसैबिच चिनिया राष्ट्रपति सि चिनपिङले कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको उचारमा खटिएकाहरुलाई सम्मान व्यक्त गर्नुभएको छ । कम्यूनिष्ट पार्टीको केन्द्रीय स्तरको वैठकबाट सबै एकजुट भएर राम्रो व्यवस्थापन, उपचार, संयोजनकारी भूमिका निर्वाह गर्न अनुरोध गर्नुभएको छ । चाईना प्लसका अनुसार चीनमा ५ सय मानिस पूर्ण रुपमा स्वस्थ भएर असपतालबाट घर गईसकेका छन् ।

अमेरिकाले वढाई चढाई गरेर डर, त्रास फैलायो

चीनले कोरोनाभाइरसको विषयलाई लिएर अमेरिकी कदमको आलोचना गरेको छ । उसले अमेरिकाले अस्वाभाविक कदम चालेको बताएको छ भने वढाई चढाई गरेर डर त्रास फैलाएको भन्दै टिप्प्णी गरेको छ । चिनिया विदेशमन्त्रालयका प्रवक्ता होउ चुङयिङले अमेरिकाले चीनमा कोरोनाभाइरस फैलिएको विषयलाई वढाई चढाई गरेर डर त्रास फैलाएकोमा आलोचना गर्नुभएको हो । “अमेरिका त्यो पहिलो देश हो, जसले दुतावासका कर्मचारीहरु आंशिक रुपमा फिर्ता बोलायो रचीनको यात्रा र चीनियालाई अमेरिका प्रवेशमा रोक लगायो ।”

अनावस्यक विवाद गर्न जरुरी छैन :विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले अन्तराष्ट्रिय यात्राका बारेमा अनावस्यक वादविवाद गर्न जरुरी नभएको बताएको छ । संगठनले भनेको छ, :“हाम्रो अहिलेको मुख्य दृष्टि भनेको कोरोनाभाइरसको विरुद्ध लड्ने नै हो, यसका लागि सबैको समन्वय हुन जरुरी हुन्छ, यो बेलामा रोगको उपचारको लागि विकसित भईरहेका खोप, उपचार पद्धती र अनुसन्धानको खाँचो छ ।”

चीनको आर्थिक तथा नितिगत सहयोग जारि

यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सरकारले विरामीका लागि पर्याप्त मात्रामा आर्थिक तथा नितिगत सहयोग गरिरहेको बताएको छ । बेपुटि डिरेक्टर ली बीनले विरामीको उपचारमा कुनै कसर बाँकि नराख्ने बताउनु भएको छ । उनिहरुको लागि स्वास्थ्य विमा, उपचार सहयोगि र आवस्यकिय सबै सेवा उपलव्ध गराउने बताउनु भएको छ । यद्यपी उपचारमा संलग्न भएका स्वास्थ्यकर्मिमा पनि समस्या आएको खण्डमा त्यसको लागि उनिहरुको लागि स्वासथ्य विमाको ग्यारेन्टी गरिएको उहाँले बताउनु भएको छ ।एजेन्सिको सहयोगमा

Facebook Comments