साम्राज्यवादी भारतीय कदमको अखिल नेपाल वुद्धिजिवि संघद्वारा विरोध, अन्तराष्ट्रिय अदालत जानुपर्ने आवस्यक्ता

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ०२

अखिल नेपाल वुद्धिजिवि संघले साम्राज्यवादी भारतले नेपाली भूमिका गरेको अतिक्रमणको कडा शव्दमा विरोध गरेको छ ।

नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक समेतका क्षेत्र भारतले अतिक्रमण गरी कैलाश मानसरोवर, चीन जोड्ने सडक निर्माण गरेर भारतीय साम्राज्यवादले पुनः नेपालीमाथ आक्रमण र सार्वभौम सत्तालाई चूनौती दिएको भन्दै संघले विज्ञप्ति मार्फत आपत्ति प्रकट गरेको हो ।

भारतीय साम्राज्यवादी कदमको विरुद्ध विरोध र भत्र्सना गर्दै देशमा दलहरु, संघ, संस्था तथा आम नेपाली जनसमुदायले गरिरहेको संघर्षमा अखिल नेपाल वुद्धिजिवि संघले ऐक्यवद्धता सहितको प्रतिवद्धता व्यक्त गर्दछ भनिएको छ ।

नेपाली भूमि फिर्ता गर्न द्वीपक्षिय कुटनीतिक तथा राजनीतिक पहलकदमी वढाउँदै यस विषयलाई अन्तराष्ट्रिय क्षेत्र, संयुक्त राष्ट्र संघ तथा अन्तराष्ट्रिय अदालत जानुपर्ने आवस्यक्ता वढेको संघले जारि गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।

विश्वव्यापी रुपामा कोरोनाभाइरसबाट नेपालीको पनि मृत्यु भएको छ । विदेशमा रहेका नेपालीलाई त्यहाँको सरकारले फिर्ता जान दवाव दिईरहेका छन्, भारतको सीमा क्षेत्रमा हजारौं नेपाली १÷२ महिनादेखि अलपत्र परिरहेका छन्, सरकारले ल्याउन चाहेको छैन, विज्ञप्तिमा लेखिएको छ ।

संघले कारोनाले ल्याएको संकटको घडीमा नेपाली जो जहाँ रहेका भएपनि उनिहरुको लागि उचित व्यवस्थापन मिलाउन सरकारसंग माग गरेको छ ।

Facebook Comments