सातौं नदीपुर पुरुष, महिला तथा प्रौढ भलिवल प्रतियोगिता आजदेखि नदीपुरमा

फागुन ०५, पोखरा

पोखरा ३ नदीपुरमा आज फागुन ५ देखि १० गतेसम्म सातौं नदीपुर महिला, पुरुष तथा प्रौढ भलिवल प्रतियोगिता आयोजना गरिएको छ । विपन्न वर्गका वालवालीकाको शिक्षा, स्वास्थ्यमा सघाउन अक्षय कोष निर्माणार्थ प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता संयोजक मेजर चन्द्र बहादुर पहरे पुन मगरले जानकारी दिनुभयो ।

हामीले कार्यक्रम सामाजिक उत्तरदायित्व वोध गर्दै निरन्तरता दिईरहेका छौं, देश विदेशमा रहनु भएका दाजुभाईले सहयोग पुर्याउँदै आउनु भएको छ, आयोजक पुन यूनाईटेड क्लवका अध्यक्ष शिव पाईजाले भन्नुभयो :“युवालाई खेलमा प्रोत्साहन गर्न, स्वास्थ्यमा ध्यान दिन र राष्ट्रका लागि योगदान दिन आव्हान गर्दै कार्यक्रम आयोजना गर्दै आएका छौं, त्यसैले त हाम्रो नारा पनि छ, “स्वास्थ्यको लागि खेलकुद, खेलाडी राष्ट्रको गौरव”

पाईजाले हरेक वर्ष महाशिवरात्रीको अवसर पारेर हामीले महिला, पुरुष तथा प्रौढ भलिवल गर्दै आएका छौं, यो पालि पनि निरन्तरता दिएका छौं । आफ्नो कार्यकालमा जवान हुँदा उहाँहरुले धेरै दुःखजिलो गरेर घर परिवार, समाज र राष्ट्रलाई योगदान दिनुभएको छ, अहिले उमेरले पाको भएपनि मन भने तन्नेरीको बनाउनु हुन्छ, त्यसैले प्रौढको प्रतियोगिता समावेश गरेका हौं, उहाँहरुलाई सहभागिताको आव्हान गरेपछि निकै खुसिका साथ टीम दर्ता गराउनु भएको छ ।”

प्रतियोगिताको आज दिउँसो १ वजे पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसिले कार्पाकेली भवन अगाडीको भलिवल कोर्टमा उद्घटान गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments