सातै प्रदेशका सबै प्रदेश प्रमुखहरु कम्यूनिष्ट- पुराना

पोखरा, कात्तिक १९-राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।

credit: kathmandupress

प्रदेश नं १ सोमनाथ अधिकारी प्यासी,

प्रदेश नं २ मा तिलक परियार,

प्रदेश नं ३ मा विष्णुप्रसाद प्रसाईं

गण्डकी प्र्रदेशमा अमिक शेरचन,

प्रदेश नं ५ मा धर्मनाथ यादव,

कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुखमा राजनीतिक व्यक्तित्वलाई प्राथमिकता दिएर सम्मान गरिएको र घर पायक प्रदेशभन्दा अन्य प्रदेशको प्रमुख बनाएर नयाँ सन्देशसमेत दिएको नेकपाको दाबी छ ।

Facebook Comments