साझा पार्टीका नेता, कार्यकर्ता चुनाव प्रचारसंगै सरसफाईमा

पोखरा, मंसिर ०२-कास्की क्षेत्र नम्बर २ का विभिन्न ११ वडामा विहानदेखि साँझसम्मै साझा पार्टीका नेता कार्यकर्ताको भीड देखिन्छ । मतदानको मिति नजिकिएसँगै साझा पार्टी पनि मतदाता भेटघाटमा व्यस्त छ ।

आइतबार मतदाता भेट्न उम्मेदवार रजनी केसी सहितको टोली वडा नम्बर २१ पुग्यो । तर, आइतबार त्यहाँ पुगेको टोलीले एउटा फरक सन्देश दियो । मतदाता भेट्न पुगेका साझाली सरसफाईमा जुटे । तर, साझालीहरुले पहिलोपटक गरेको कार्यक्रम भने थिएन ।

कुनै कार्यक्रम गर्नु पहिले सरसफाइ गरिन्छ अनि मात्र कार्यक्रम सुरु हुन्छ । आइतबार पनि प्रदेश र जिल्लाको नेतृत्वमा चुनाव प्रचारमा पुगेका साझाली सरसफाईमा जुटे ।

जनतामा अझै पनि चेतनाको कमी रहेको र सकरात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सरसफाईलाई निरन्तरता दिने गरेको पार्टीका कास्की जिल्ला सदस्य एकराज न्यौपानेले जानकारी दिए ।

आइतबार पोखरा २१ को कृष्ति र निर्मरपोखरीमा घरदैलो गर्न पुग्दा पनि साझालीले त्यसैलाई निरन्तरता दिए । आइतबार नाच्ने चौर र निर्मलपोखरीको एक सामुदायिक विद्यालय अगाडि सरसफाइ गरिएको हो ।

पार्टीको केन्द्रिय सदस्य रहेकी मानवी पौडेलले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्, ‘हामी कसरी फरक छौं । हजुर हामी र हाम्रा साथीहरु यसरी फरक छौं कि हामी राजनितीलाई समाजसेवासँग जोड्छौं, अनि यसरी जहाँ पुग्छौ, त्यहीको सरसफाईमा जुटिहाल्छौं ।’ पार्टीको घरदैलो कार्यक्रम आज पोखरा १६ भलाममा गरिएको छ ।

Facebook Comments