साग महिला ह्याण्डबलमा नेपाल सेमिफाइनलमा

सन्देश श्रेष्ठ पोखरा, १९ मंसिर तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल महिला ह्याण्डबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह (बी) मा रहेको नेपालले लगातार २ खेल जित्दै सेमिफाइनलमा प्रबेश गरेको हो ।

समुह (ए) मा भारत, पाकिस्तान र माल्दिभ्स रहेका छन् । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६–२४ ले गोल गर्दै जित हात पा¥यो । नेपालका लागि उमा राईले सर्वाधिक ८ गोल गरिन् । जसमध्ये ७ गोल पेनाल्टीमार्फत थियो ।नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई २९–१९ ले जित हात पारेको थियो ।

Facebook Comments