साग खेल अवलोकन गर्न एक सय रुपैया लाग्ने

दीननाथ बराल पोखरा ९, मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत पोखरामा हुने ८ खेल अवलोकन गर्दा सहभागि दर्शकले शुल्क तिनुपर्ने भएको छ । पोखरा हुने खेललाई ब्यबस्थित पार्न पनि दर्शकलाई शुल्क लिने भएको १३ औं साग पोखरा श्रोतसाधन परिचालन समितिका संयोजक संजिव बहादुर कोइरालाले बताए ।

उनका अनुसार सिजनल टिकट दश दिनको लागि ५ सय रुपैया पर्छ, अन्य एक दिनको प्रति दर्शक टिकटको एक सय रुपैयाको शुल्क निर्धारण गरिएको छ । पोखरामा साग लक्षित करिब २० हजार दर्शकले प्रत्यक्ष रुपमा खेल अवलोकन गर्ने आफुहरुले अपेक्षा गरेको संयोजक कोइरालाले बताए । उनका अनुसार ५ हजार जसो सिजनल टिकट उपलब्ध गराइने भएको छ । महिला फुटवल खेलको फाइनल खेलको भने प्रति व्यक्ति दुइृ सय रुपैया निर्धारण गरिएको संयोजक कोइरालाले बताए ।

त्यसै गरी पोखरामा हुने सागलाई प्रचार प्रसारलाई समेत तिव्र पारिएको प्रचार प्रसार तथा प्रकाशन समितिका संयोजक केशव पाठकले बताए । उनका अनुसार नाट्टा गण्डकी प्रदेश, पृथ्बी राजमार्ग बस संचालक प्रा.लि., पोखरा यातायात प्रा.लि.हरुको सहकार्यमा बसहरुमा प्रचार सामाग्रि व्यानर टास्ने काम भएको छ ।

पोखरामा महिला फुटवल र क्रिकेट, बिच भलिवल, ह्याण्डवल, भारतोलन, व्याडमिन्टन, आर्चरी र ट्इयथलन हुने भएको छ ।

Facebook Comments