साग अन्तर्गत महिला फुटबलमा भारतसँग स्तब्ध भयो नेपाल

पोखरा २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलमा नेपाली महिला टोली फाइनलमा भारतसँग पराजित भएको छ ।पोखरा रंगशालामा भएको खेलमा नेपाली टोली २–० गोल अन्तरले पराजित हुँदै रजत पदकमा सीमित भयो ।

नेपालविरुद्ध भारतकी एनजी बालादेवीले गोल गरिन् । उनले खेलमा १७ औं र ५५ औं मिनेटमा भातरका लागि गोल गरेकी हुन् । घरेलु मैदानमा भएको सागमा भारतलाई हराउँदै स्वर्ण जित्ने नेपाली खेलाडीको सपना अधुरो रहेको छ ।

Facebook Comments