सागमा सहभागि हुन विभिन्न देशका खेलाडी सहितको टोलीहरु आउन सुरु

दीननाथ बराल पोखरा, १२ मंसीर । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने ८ वटा खेलहरुको लागि विभिन्न देशका खेलाडी सहितको अफिसियलहरुको टोली पोखरा आउन थालेकाछन्। मंसिर १५ देखि २४ गतेसम्म पोखरामा हुने १३ औं सागमा सहभागि हुन बंगलादेश, भुटान, श्रीलङका लगायतका देशका खेलाडीहरुको टोली पोखरा आएको १३ औं साग पोखरा आवास व्याबस्थापन समितिका संयोजक सुर्य भुजेलले बताए ।

उनका अनुसार नेपाल सहितका ७ वटै देशका म्यानेजमेन्ट टोली आज साँझसम्म पोखरा आउने भएकाछन्। बंगलादेशका सेफ दि मिसनका ओमार फारुक पोखरा आइसकेकाछन्। पोखरामा हुने अधिकाशं खेलको भौेतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भए पनि केही खेलको निर्माण कार्य अन्तिम चरणमा पुगेको राखेप सदस्य राजेश गुरुङले बताए ।

यसैबिच, खेलकुदमा कला भन्ने उद्धेश्य सहित पोखरामा पहिलो पटक खेलकुदलाई जोडेर चित्र कला आयोजना गरिएको प्राज्ञ विम्व कवि रमेश श्रेष्ठले बताए । उनका अनुसार पोखराका करिब २० जना कलाकारहरुले विभिन्न चित्र कोरेका थिए ।

कलाकारहरुले कोरेको चित्रहरु सागमा आउने विदेशी पाहुना सहितको टोलीलाई उपहार दिने भएको अतिथि सत्कार सहसंयोजक रामचन्द्र थापाले बताए । उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले खेलकुदलाई कलासंग जोड्नु निकै राम्रो कामको सुरुवात भएको बताए । खेल आफैमा कला भएको उनले बताए ।

राखेपका सदस्य राजेश कुमार गुरुङले पोखराको पर्यटन, खेलकुद र कलाकारितालाई जोडन सके धेरै पर्यटन प्रबद्र्धन गर्न सकिने बताए । पोखरामा हुने सागलाई सवै क्षेत्रबाट सहयोगको
अपेक्षा गरिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका प्रमुख लक्ष्मण योगीले बताए ।

Facebook Comments