सागका लागि विच भलिबल को काम तिब्र, सरसफाई पनि सुरू गरिने

पोखरा कार्तिक २१ । नेपालमा यहि मंसिर १५ देखि २४ गते आयोजनाहुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा हुने विच भलिबल मैदान निर्माण कार्यलाईतिब्रतादिनुका साथै सरसफाईपनि सुरू गरिने भएको छ ।

पोखरा बाराही घाट स्थित विच भलिबलको क्षेत्र संगै फेवाताल किनारको भागलाई जल कुम्भी झार समेत निकाल्ने कार्यलाई तिव्रता दिन पोखरा महानगरपालिकाले सघाउने भएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिएका छन ।

उक्त क्षेत्रको सरसफाईको अभियानको नेतृत्वभने डुङ्गा व्यवसायी संगठनले लिएको छ । उक्त सरसफाई अभियान संगै रंग–रोङ्गन संगै उक्त क्षेत्रमा विग्रेका बत्तिहरुलाई समेत व्यवस्थित बनाइने उक्त संगठनका अध्यक्ष बुद्धी बहादुर नेपालीले बताए । ‘हामी पोखरा महानगरको सहयोगमा आइतबार बाट कामथाल्ने छौं’ अध्यक्ष नेपालीले भने–‘सागलाई भव्यताका साथ सम्पन्न गर्न डुङ्गा व्यवसायी आतुर छन ।’

फेवातालको सुन्दरता बढाउन रोपिएका रुखहरुलाई काँट–छाँट गरि थप सुन्दरता बढाइने नागरिक समाजका अगुवा रामबहादुर पौडेलले बताए । उनले भने –‘१३ औं साग सम्पन्न गर्न हामी सबै पोखरेली हरु को काँधमा जिम्मेवारी आएको छ, यो हामी सबैको लागि ठूलो अबसर समेत हो ।’ उनले डुङ्गा ब्यवसायीहरु संग मिलेर नागरिक समाजले सरसफाईको काममा सघाउने बताए ।

सरसफाई लगाएत उक्त क्षेत्रम ागर्न ुपर्ने कामका लागि के कसरी महानगरपालिकाले सघाउन सक्छ भन्नका लागि महानगरका कार्यबाहक कार्यकारी अधिकृत गंगा सुबेदी समेत बिहिबार अनुगमनका लागि पुगेका थिए । ‘महानगर साग आयोजनालाई भब्यतादिन र फेवातालको सरसफाई संगै अन्य अभियानका काम मा साथ दिनेछौं ।’ उनले फेवाताल बाट सरसफाईको क्रममा निकालिएको जलकुम्भी र अन्यफोहोरलाई व्यवस्थापनगर्न महानगरले सहयोग गर्ने बताए।

Facebook Comments