सागका खेलाडीलाई पोखराका पर्यटकीय गन्तव्यमा निशुल्क यातायातको ब्याबस्था

दीननाथ बराल पोखरा ११ मंसिर । १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा सहभागि खेलाडीहरुलाई पोखराका पर्यटकीय गन्तव्यमा जान तथा आउनको लागि निःशुल्क रुपमा यातायातको ब्याबस्था हुने भएको छ । पोखरामा आउने साग लक्षित खेलाडीहरुलाई आफुहरुले निःशुल्क रुपमा पोखराका पर्यटकीय गन्तव्यहरुमा यातायातको ब्याबस्था सहित घुमघाम समेत गराउने लक्ष्य राखेको १३ औं साग पोखरा आवास व्यबस्थापन समितिका संयोजक सुर्य बहादुर भुजेलले बताए ।

पोखरा क्षेत्रका पर्यटकीय स्थलमा जानको लागि हरेक बिहान जसो पर्यटक स्तरिय गाडीको आफुहरुले प्रबन्ध गर्ने भएको उनले जनाए । उनका अनुसार पोखराका धेरै ठाउँमा सागमा सहभागिहरुलाई खेलसंगै थप मनोरन्जन दिलाउन विभिन्न ठाउँमा झाँकी सहितको सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएको छ । पोखरा सहित गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरुको प्रचार सामाग्रि एवं डकुमेन्ट्रि समेतप प्रर्दशनी हुने भएको संयोजक भुजेलले बताए ।

साग लक्षित पोखरामा पर्यटक स्तरिय ४५ वटा होटलहरु बुकिङ भएको संयोजक भुजेलले बताए । उनका अनुसार केही दिनमा थप १० देखि १५ वटा होटल पुनः थपिने भएकाछन्। साग लक्षित खेलाडी, अपिसिय सहित गर्दा करिब एक हजार जना भन्दा बढीलाई आवासिय सहितको व्याबस्था मिलाएको संयोजक भुजेलले बताए ।

उनले भने “ हाम्रो आफ्नो ठाउँमा हुने यो ठुलो खेलकुदको इभेण्टलाई सवै मिलेर सफल पारौं, खेल पर्यटन प्रबद्र्धन गर्न यसले सहयोग पुग्छ, सागमा सहभागि खेलाडी एवं अपिसियललाई हामीले पहिलो प्रथामिकता दिएर उनीहरुलाई चुस्त दुरुस्त सेवा दिन आव्हान गर्न चहान्छु । ” धेरै पर्यटन व्यवसायीहरुले प्रचलित दर रेट भन्दा ५० प्रतिशतसम्म छुट दिएको संयोजक भुजेलले बताए । उनका अनुसार साग लक्षित पोखरामा करिब दुई साता ५ हजार जसो पर्यटक दैनिक पोखरा भ्रमणमा निस्कने विश्वास व्यक्त गरे ।

Facebook Comments