साउथह्याम्प्टनलाई हराउँदै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा

काठमाडौं–कार्तिक १३ -म्यानचेस्टर सिटी लिग कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
लिग अन्तर्गत मंगलबार राति भएको खेलमा साउथह्याम्प्टनलाई ३–१ ले पराजित गर्दै म्यानचेस्टर सिटीले क्वार्टरफाइलनको यात्रा पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा दुई गोल गरेको सिटीले दोस्रो हाफमा थप एक गोल गरे जित पक्का गरेको थियो । सिटीका लागि निकोलास ओटामेन्डीले २० औँ तथा सर्जियो अग्युरोले ३८ औँ मिनेटमा गोल गरेर पहिलो हाफमा २–० को अग्रता दिलाए । यस्तै ५६ औँ मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीको अग्रता ३–० मा पुग्यो ।

साउथह्याम्प्टनका लागि ७५ औँ मिनेटमा ज्याक स्टीफेन्सले एक गोल फर्काए । मंगलबार राति नै भएको खेल मा बुर्टनलाई ३–१ ले पराजित गरेर लेस्टर सिटी तथा क्रावलीलाई ३–१ ले पराजित गरेर कोलचेस्टरले पनि अन्तिम ८ मा स्थान पक्का गरेका छन् ।

म्यानचेस्टर सिटी जारी प्रतियोगिताको साबिक विजेता टोली हो ।khabarhub.com

Facebook Comments