सांसद मनाङे भन्छन्–अति नै भएर झापड हाने !

सविन रेग्मी पोखरा ८ माघ

गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ्ग (दिपक मनाङ) ले अति नै भएर आफुले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ्गमाथि हातपात गर्न बाध्य भएको बताएका छन् ।सांसद मनाङेले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री कप प्रतियोगितामा एन्फाले पठाएको पैसा समेत खाएको र खेल हुनु भन्दा अघिल्लो दिन खेलाडीहरुको बन्दोबस्त एन्फाले गर्नुपर्नेमा केहि पनि व्यवस्था नगरिएको आरोप लगाए ।

उनले मुख्यमन्त्री कपको समेत बदनाम भएको बताए । मुख्यमन्त्री कप भैसकेपछि मुख्यमन्त्रीले झापड हान्नुपर्नेमा आफुले झापड हानेको बताउँदै ठगलाई झापड नहानेर के माला लगाइदिने त भन्दै प्रतिप्रश्न समेत गरे । उनले एन्फा कास्की अध्यक्ष मिलनविरुद्ध ५० औं मुद्दा परेको तर यसको बारेमा कसैलेपनि आवाज उठाउन नसकेको बताए ।

सांसद मनाङेले ट्राइसेटमा समेत विभेद भएको बताए । ट्राइसेट बनाउँदा सबै जिल्लाका अध्यक्षबिच परामर्श गरेर मात्र ट्राइसेट निकाल्नुपर्ने एन्फाको नियम भएपनि राम्रा टोलीलाई एकातिर र कमजोर टोलीलाई अर्कोतिर पारेर विभेद गरेको बताउँदै उनले म्याच फिक्सिङ्ग बारे आफुले सुनेको तर मिलनले ट्राइसेट फिक्सिङ्ग गरेको भन्दै आक्रोस समेत व्यक्त गरे ।

सो स्थितीमा आफुले एन्फा अध्यक्ष कर्मा छिरिङ्ग सेर्पालाई समेत झापड हान्न सक्ने बताउँदै तर त्यो रिस आज मरिसकेको बताए । सांसद मनाङेले मुख्यमन्त्री कप प्रतियोगितामा मनाङ्गबाट सहभागिता जनाएका खेलाडीलाई खान बस्न र अभ्यास गर्न ग्राउण्डको समेत व्यवस्था नमिलाएको भन्दै मंगलबार लेखनाथको भण्डारढिक खेलमैदानमै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ्गलाई झापड हानेका थिए ।

Facebook Comments