सांसद थापाको चेतावनि :“प्रदेश सरकारको सिंहदरवार घेराउ गर्न नपरोस्, सरकारले जनताको मुख बन्द गर्यो ।” (video)

by-aarju

आरजू विष्ट सल्यानी
अनलाइनअन्नपूर्ण/पोखरा, माघ ०८

सांसद बिन्दु कुमार थापाले सरकारसंग विकासको लागि वजेट माग्दा जनताको मुख नै बन्द गरेकोले प्रदेश सरकारको सिंहदरवार घेराउ गर्न नपरोस् भन्दै चेतावनि दिनुभएको छ ।

सरकारले सबैभन्दा वढि राजश्व राजधानी पोखराको केन्द्रविन्दुमा रहेको निर्वाचन क्षेत्र नं २ बाट उठाउँछ, तर लगानि केहि गर्न सकेको छैन, पोखरा महानगरका केहि बिकट वडाहरु र क्षेत्र रहेका छन्, उहाँले भन्नुभयो :“मैले यहाँको विकासको लागि काम गर्नु, बोल्नु, योजना माग्नु अपराध हो ?” उहाँले प्रश्न गर्नुभयो ।

वुधवार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी सांसद थापाले भन्नुभयो :“मैले विकासको लागि वजेट माग्नै नहुने ? म पत्रकारहरुलाई साक्षी राखेर सरकारलाई चेतावनि दिन्छु, “मेरो निर्वाचन क्षेत्र र जनतामाथि विभेद गरिरहने हो भने जनता उठाएर प्रदेश सरकारको सिंहदरवार घेराउ गर्न नपरोस् ।”

सरकारले फरक बिचार लिएर निर्वाचित भएका सांसदहरुले राखेका जायज र असल एजेण्डालाई सुन्दैनसुनि गलत बाटोमा हिंडेको बताउँदै थापाले सरकारले जनतासंग निहुँ खोजिरहेको ताउनु भयो । उहाँले भन्नुभयो :“मेरो निर्वाचन क्षेत्रका जनतामाथि सरकारले ज्यादती गरेको छ, मैले पटक पटक संसदमा यि कुराहरुलाई उठाउँदै आएको छु तर सरकारले सुन्दै सुनेन, मेरो निर्वाचन क्षेत्र प्रदेश सरकारको विकासबाट विमुख भएको छ ।”

वजेट सिमित कार्यकर्ताको खल्तीमा

सांसद थापाले संघिय राज्य व्यवस्थाले घरदैलोमा सिंहदरवार भनेपनि त्यस्को अनुभव गर्न नपाएको तथा सरकार संघियताको पक्षमा नभएको बताउनु भयो । सरकारले जनतामाथि गरेको व्यवहार सहिनसक्नु र अनुदार रहेको छ, उहाँले भन्नुभयो :“सिमित कार्यकर्ताको खल्ती मोटो बनाउने गरी सरकारी वजेट विनियोजन गरीएको छ ।”

फरक विचार राख्नेहरुलाई निषेध

सरकारले विनियोजन गरेको वजेटमा फरक बिचार भएका मान्छेलाई उपभोक्ता समितिमा समेत राख्न नहुने नीति लिएको छ । स्वयं मन्त्री नै पुगेर उपभोक्ता समिति गठन गरेको कुरा हामीले सुनिरहेका छौं, सांसद थापाले भन्नुभयो :“सरकारको पैसा देख्न नेकपा बाहेक अरु राजनीतिक पार्टीमा आस्था राख्नै नहुने भयो ।”

मुख्य मन्त्रीको तोक आदेशले पनि काम गरेन,

सांसद थापाले नियतबस् योजना काटिएको बताउनु भयो । मन्त्रालयका कर्मचारीबाट मैले थाहा पाएको हुँ, उहाँले भन्नुभयो :“मुख्यमन्त्रीको तोक आदेश लागेका योजनाहरुका कागजात बुझाउँदा पनि समावेश गरिएन र म योजनाबिहिन भएँ ।”

प्रतिपक्षी दलका सांसदको जायज आवाजलाई सरकारले सुन्नै चाँहदैन, प्रदेश सरकारबाट संचालित एउटा कार्यक्रम पनि आफ्नो निर्वाचन क्षेत्रमा परेको छैन ।” सांसद थापाले सरकारले ल्याएको ३२ अर्बको वजेटबाट आफ्नो निर्वाचन क्षेत्रका जनताको अधिकार खोसिएको, मुख बन्द गरिएको बताउनु भयो । उहाँले भन्नुभयो :“दामासायिले बाँढ्ने हो भने आफ्नो क्षेत्रमा ९० करोड वजेट चाहिन्छ”

पत्रकार सम्मेलनमा सांसद थापाले सबै सरकारी सेवा सुविधा सामाजिक क्षेत्रमा लगाएको बताउनुु भयो । २०७५ फागुनदेखि २०७६ पौष २० सम्म बैंक खातामा जम्मा भएको ६ लाख १० हजार ६ सय ३९ रुपैया १० पैसा हो, मैले ११ महिनामा विकास तथा सामाजिक कार्यमा ९ लाख ३ जहार ७ सय १ रुपैया ५२ पैसा लगानि गरेको बताउनु भयो ।

राजनीतिलाई पेशा, व्यवसाय वा जागिरमा रुपमा लिनु हुन्न भन्ने मेरो मान्यता हो, थापाले भन्नुभयो :“राजनीतिलाई पूर्ण रुपमा समाज सेवाको रुपमा उपयोग गर्नुपर्छ, त्यसैले सरकारी सेवा सुविधाजति जनहितमा उपयोग गर्छु ।”

आफ्नो निर्वाचन क्षेत्रका जनता प्रदेश सरकारबाट अन्यायमा परे, उहाँले भन्नुभयो : “अन्याय को विरुद्ध जनताको पक्षमा, असमानताको विरुद्ध आवाज उठाईदिन मेरो आग्रह छ ।”

२५ योजनाका लागि २ करोड

सांसद थापाले भौतिक योजना विकास मन्त्रालयमा प्रदेश सभा सदस्यको हैसियतले २०७६ जेष्ठ ८ मा १९ वटा आयोजनाहरुको लागि वजेट माग गर्नुभएको थियो । यस्तै क्षेत्र नं २ ख मा वडागत योजनाको विवरण अनुसार वडा नं ४ मा ३ वटा योजना, ८ मा ४ वटा, ९ मा ३ वटा, ११ मा ३ वटा, वडा नं १६ मा १० वटा र २० मा ३ वटा योजना गरि २५ योजनाका लागि २ करोड माग गर्नुभएको थियो ।

सांसद थापाले २०७५ फागनु देखि २०७६ पौष २९ सम्मको सरकाररी सेवाबाट प्राप्त भएको रकममा थपेर विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको विवरण प्रकाशमा ल्याउनु भएको छ । उहाँले २७ वटा सामाजिक संघ, संस्थाको लागि ९ लाख ३ हजार ७ सय १ रुपैया ५२ पैसा खर्च गरेको जनाउनु भएको छ ।

Facebook Comments