सांसद आलमसहित ११ विरुद्ध मुद्दा दायर गर्ने तयारी

काठमाडौ कार्तिक १५ नेपाली कांग्रेस रौतहटका सांसद मोहम्मद अफताव आलमले बम विष्फोटनमा परेका घाइतेहरूलाई ज्यूँ इँट्टाभट्टामा हालेर मारेको अभियोगमा जिल्ला प्रहरी कार्यालय रौतहटले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन शुक्रबार बुझाएको छ।प्रहरीको अनुसन्धान प्रतिवेदनमा आलमले आफ्ना भाइसहित मिलेर मानिसहरूलाई ज्यूँदै इट्टा भट्टामा हालेको प्रतिवेदनमा दाबी गरिएको छ।

प्रहरीले तत्कालीन समयमा निर्माण भएको मुजुल्का र घटनास्थलबाट बरामद भएको स्वीटर लगाएका वस्तु तथा बयान दिने पीडित र उनीहरूका परिवारको भनाइ समेत अनुसन्धान प्रतिवेदनमा समेटेको छ। प्रहरीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले त्यसमा आइतबार सरकारी वकिलको कार्यालयले अभियोगपत्र तयार गर्नेछ।

२० दिनदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका आलमविरुद्ध सोमबार अदालतमा मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले जनाएको छ। प्रहरीले आलमसमेत उनका भाइ महताव आलम, भदै शेख लगायत पाँचजना विरुद्ध तीनवटा मुद्दा दायर गर्न सरकारी वकिललाई अनुसन्धान प्रतिवेदनमा सुझाव दिएको छ।मुद्दा चलाउने अन्तिम अधिकार सरकारी वकिलको भएकाले प्रहरीले अनुसन्धान प्रतिवेदनमा यस्तो सुझाव दिएको हो।

घटनामा घाइते भएर पनि जोगिएका एकमात्र जीवित व्यक्ति सर्लाहीका सफी अहमद र मृतक ओसी अख्तरका ससुरा ९प्रत्यक्षदर्शी० समसुल मियाँको बयान, प्रयोग गरिएको ट्रयाक्टर, घटना भएको दिन इलाका प्रहरी कार्यालय राजपुरका तत्कालीन इन्स्पेक्टर इन्द्र सुवेदीलाई रातारात सरुवा गरी राजीव बस्नेतलाई पठाउने शंकास्पद निर्णयसहितको विषयले आलमलगायत पाँचजनाको संलग्नता पुष्टि गरिरहेको प्रहरी दाबी छ।

तत्कालीन समयमा निर्माण भएको घटनाको मुचुल्का पनि आलाम विरुद्धको प्रमाण भएको दाबी प्रहरीको अनुसन्धान प्रतिवेदनमा गरिएको छ।जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रतिवेदन बुझाइसकेकोले सोमबार अदालतमा अभियोगपत्र दर्ता गर्ने तयारीमा लागेको जिल्ला सरकारी वकिल खदिन्द्रराज कटुवालले जानकारी दिए। आइतबारै मुद्दा दर्ता गर्न सकिने भए पनि छठको अवसरमा प्रदेश सरकारले विदा दिने घोषणा गरेको कारण सोमबार मात्रै मुद्दा दायर गरिने उनले बताए।

सोमबारबाटै आलामको अदालती बयान पनि सुरु हुनेछ। जिल्ला न्यायाधीशको एकल इजलाशमा उनी विरुद्धको अभियोगमा बयान समाप्त भएपछि थुनछेक बहस हुनेछ। प्रहरीले आलामसहित पाँचै जनालाई आजन्म जेल सजाय हुने सजायको माग गरेको छ। मुलुकी फौजदारी संहिता अनुसार जन्मकैदको सजाय हुनुपर्ने माग प्रहरीको अनुसन्धान प्रतिवेदनमा गरिएको छ।

तीन अभियोग ११ प्रतिवादी १० लाई जन्मकैद
आलाम प्रकरणमा अधिकांश प्रतिवादीलाई तीन अभियोगमा जन्मकैदको सजाय माग दाबी प्रहरीको छ। ११ जना प्रतिवादीमध्ये १० जनालाई जन्मकैद र १ जनालाई मतियारको अभियोगमा कारबाहीको मागसहित रौतहट प्रहरीले प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्याधिवक्ता खडिन्द्र राज कटुवालले बताए। प्रमुख अभियुक्त आलम राजपुर बम काण्डमा दोषी रहेकाले उनीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीबाट प्राप्त भएको जिल्ला न्याधिवक्ता कटुवालले बताए।

उनीहरूलाई साबिक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३९१० नं। कसुर अपराध तथा प्रचलित हालको मुलुकी अपराधसंहिता २०७४ को दफा १७७९१० कसुर अपराध अनुसार कारबाहीको माग भएको कटुवालले बताए। आलमविरुद्ध थप दुई कसुरको सिफारिस भएको उनले बताए।

आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरेको हो। सर्लाही घर भएका ५९ वर्षीय सफी अहमदलाई विस्फोटमा पारी ज्यान लिने उद्देश्यको कसुर गरेको र विस्फोटक पदार्थसम्बन्धी मुद्दा तयार पारेको छ।सबै कसुर उपर अनुसन्धान सकेर सजाय माग दाबीसहित सरकारी वकिलको कार्यालयमा मिसिल बुझाइएको छ। गत २०६४ साल चैत्र २७ गते संविधानसभाको चुनावको अघिल्लो दिन जिल्लाको राजपुर फरदहवामा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाएको अभियोगमा पक्राउ परेका आलम घटनामा दोषी रहेको निष्कर्ष रौतहट प्रहरीको छ। नेपाल लाइभ

Facebook Comments