सांसदले पैसा बाड्ने काम राम्रो होइनः अध्यक्ष तिमिल्सिना

पोखरा २०, मंसिर-राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सांसदले पैसा बाड्ने काम राम्रो नभएको बताएकाछन्। प्रदेशसभा सचिवालय गण्डकी प्रदेशको आयोजना र संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा आज (शुक्रवार) देखी पोखरामा सुरु भएको अन्तर प्रदेश सभा अनुभव आदन प्रदान तथा अतरक्रिया कार्यक्रमको उद्घाटन गदै अध्यक्ष तिमिल्सिनाले सांसदले शक्तिको भरमा पैसा बाड्नु काम राम्रो नभएको बताएका हुन्।

स्थानिय तहमा जनप्रतिनिधी नभएका वेला संसदले पैसा बाड्नु ठीक भएपनि हाल स्थानिय तहमा जनप्रतिनिधि आईसकेपछि पनि सांसदले पैसा बाड्ने परिपाटि भने ठिक नभएको अध्यक्ष तिमिल्सिनाले बताए । उनले भने “संघ र प्रदेश सभाका सदस्यहरुलाई संसद विकास कोषको नाममा बजेट विनियोजन गरी खर्च गर्ने परिपाटी अन्त्य हुनुपर्छ, आफुले पैसा वाडेर राजनीति गर्न पाउनु पर्छ भन्ने संस्कार ठिक होइन् ।” तीन तहका सरकार बिच आ—आफ्ना गुनासो आइरहेको बताउदै अध्यक्ष तिमिल्सिनाले पैसा बाडेपछि पावर आफनो हातमा हुन्छ भन्नु संघीयताको मर्म विपरित भएको टिप्पर्णी गरे । उनले भने “ सांसदले आफु खुशि बजेट बाड्नु भन्दा पनि सवै स्थानमा समान तरिकाले बजेट र बिकास जाने गरि विधि बनाउन सक्नु पर्छ । ” जनताको योगदानको कदर गर्दै समृद्ध नेपाल बनाउन लाग्नु पर्नेमा उनले जोड दिए । परम्परागत प्रक्रियाबाट नेपाल बिकसित पथमा जान नसक्ने र काममा च्नौती रहेको बताउदै अध्यक्ष तिमिल्सिनाले जनताले परिवर्तनको आभाश र उपलब्धि हुने गरि देखाउने पथमा लागेको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले पोखराको मुख्य पर्यटकीय केन्द्र फेवातालको संरक्षणमा सवैको ध्यान जान जरुरी रहेको बताए । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जनताको समस्या समाधान गर्ने गरि तिन तहका सरकारले काम गर्नु पर्ने बताए । तीनवटै तहका सरकार मिलेर जनताको समस्या हल गर्ने गरि कानुन निमार्ण गरि उनले आग्रह गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संघ सरकारले प्रदेश सरकारसँग समन्वय नगर्दा धेरै कुरामा समस्या भएको दाबी गरे । साझा अधिकार सूचीका कानूनका निमार्णमा संघ सरकारले छलफल नगर्दा समस्या उत्पन्न भएको उनको भनाई थियो । यस अघि जग्गा प्राप्तीको अधिकार सिडियोको हातमा रहेपनि हाल त्यो अधिकार संघ सरकारमा रहेको भन्दै रहेको भन्दै प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ती लगायतका २३ बटा निवेदन दिएपनि त्यसको स्वकृती नपाउदा बजेट खर्चमा समस्या देखिएको मुख्यमन्त्री गुरुङको भनाई छ । प्रदेश सरकारको असफलतासँग संघीय शासन व्यवस्था नै असफल हुने उनले बताए ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले एकात्मक शासनले असामनता कायम गर्ने भएकोले यसले संघीयतालाइ अगाल्नु परेको जनाए । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले एकल सुचीका कानुन संघ सरकारले नवनाईदिदा धेरै समस्या भएको बताए । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले संघीयताको अभ्यास गर्ने क्रममा रहेको जनाइन् ।

सातवटै प्रदेशका सभामुख र उपसभामुख सहभागी कार्यक्रम २२ मंसिरसम्म चल्ने भएको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका सहायक आवाशीय प्रतिनिधि यमनाथ शर्माले बताए ।

Facebook Comments