सहिद स्कुललाई नेकपा महानगर, विद्यार्थी र कर्मचारी महासंघको सहयोग

सन्देश श्रेष्ठ पोखरा, फागुन २१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगर कमिटी, नेपाल राष्ट्रिय कर्मचारी महासंघ र अनेरास्ववियूले सहिद स्मृति स्कुलमा शैक्षिक सामग्री प्रदान गरेको छ । सहिद सप्ताहको अन्तिम दिन नेकपा महानगर कमिटी, नेपाल राष्ट्रिय कर्मचारी महासंघ गण्डकी प्रदेश र अनेरास्ववियूले पोखरा–१४ मा रहेको सहिद स्मृति आवासीय माविलाई शैक्षिक सामग्री प्रदान गरेको हो । कार्यक्रममा नेकपा महानगर कमिटी अध्यक्ष दीपक पौडेल र सचिव विश्वप्रकाश लामिछानेले विद्यालयकी प्राचार्य मोना गिरीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।

जनयुद्ध र सुखानी हत्याकाण्डका सहिदहरु दिलबहादुर रम्तेलसहित रत्नकुमार वान्तवा, बिरेन राजवंशीलगायतका सहिदहरुको स्मृतिमा पार्टीले फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको र सोहि क्रममा सहिद स्कुलमा शैक्षिक सामग्री प्रदान गरिएको नेकपा महानगर कमिटीका सचिव विश्वप्रकाश लामिछानेले बताए ।

नेकपा महानगर कमिटी अध्यक्ष दीपक पौडेलले सहिदका विद्यार्थी अध्ययनरत सहिद स्मृति आवासीय माविको शैक्षिक स्तरोन्नती गर्न र विद्यार्थीको भविष्य निर्माणका लागि पार्टीले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए । तपाईंहरु हाम्रा छोराछोरी हो,‘उनले भने,‘अभिभावक छैनन् भनेर चिन्ता नलिनुस्, तपाईंहरुको भविष्य निर्माणका लागि पार्टीले सदैव सहयोग गर्छ ।’

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयकी सञ्चालक समिति सदस्य तथा संविधान सभाकी सदस्य तेजकुमारी पौडेलले अब राज्यले विद्यालयको स्वामित्व ग्रहण गर्नुपर्नेमा जोड दिइन् ।यसैबीच, नेकपा निकट नेपाल राष्ट्रिय कर्मचारी महासंघ र अनेरास्ववियूलेपनि खेल सामग्री तथा खाद्य सामग्री प्रदान गरेका थिए । नेपाल राष्ट्रिय कर्मचारी महासंघले तेक्वान्दोका लागि चेष्टगार्ड, निःगार्ड, हेडगार्ड, ग्लोव, विद्यालय पोषाकलगायतका सामग्री प्रदान ग¥यो भने अनेरास्ववियूले खाद्य सामग्री प्रदान गरेको थियो ।

दुई संगठनको संयुक्त कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सांसद तथा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले तत्कालिन अवस्थामा जनयुद्धका सहिद तथा घाइते, अपाङ्गहरुको लागि विद्यालय खोलिएपनि समय परिस्थिति अनुसार बद्लिनुपर्ने आवश्यक्ता महशुष भएको बताए । विद्यालय सञ्चालक समितिका अध्यक्षसमेत रहेका उनले हाल विद्यालयमा भुकम्प प्रभावित तथा अभिभावक गुमाएका बालबालिकाहरुलाई पनि विद्यालयमा अध्यापन गर्न दिन थालिएको बताए ।नेपाल राष्ट्रिय कर्मचारी महासंघ गण्डकी प्रदेश अध्यक्ष तारानाथ सुवेदीले सहिद विद्यालयका लागि आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Facebook Comments