सल्यानमा छुटछुट्टै घटना: दुइको मृत्यु

सल्यान, मंसिर ०३- सल्यानमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर १ उनवाङका २३ वर्षिय गोपाल रानाको ससुराली जाने क्रममा भिरबाट लडेर रोल्पामा मृत्यु भएको हो ।

सोमबार रोल्पाको रुन्टीगडी गाउँपालिका ८ स्थित ससुराली घर हिडेका गोपाल मंगलबार विहान रुन्टीगडीकै धुम्का भीर तल मृत अवस्थामा भेटिएको कपुरकोट १ का वडा अध्यक्ष बालाराम खड्काले जानकारी दिए । मोटरबाटोबाट करिव २ सय मिटर तल भिरमुनी उनको शव भेटिएको हो । उनको शव मंगलबार विहान स्थानीयहरुले देखेका थिए । घटनास्थलमा होलेरी रोल्पाबाट प्रहरी हिडेको वडाध्यक्ष खड्काले जनाए ।

यता मोटरसाईकलले ठक्कर दिँदा अर्का एक जनाको मृत्यू भएको छ । सल्यान श्रीनगरबाट दाङ्गका लागी छुटेको मोटरसाईकलले ठक्कर दिदाँ घाईते शारदा नगरपालिका ९ सुनचौर निवासी ८० बर्षिया बालिका बिष्टको उपचारको क्रममा मृत्यू भएको हो । सोमबार दिउसोँ साढेँ १ बजेको समयमा बाटो काट्ने क्रममा रा ४ प २४२४ नम्बरको मोटरसाईकलले बिष्टलाई छत्रेश्वरी गाउँपालिका ६ लान्तिबजारमा ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट घाईते बिष्टको श्रीनगरमा उपचार सम्भव नभएपछि नेपालगञ्ज रिफर गरिएको थियो । उनको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मोटरसाईकल, कागजपत्र र चालक जीत बहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको सल्यानबाट पत्रकार मीना बुढाथाकीले जानकारी दिनुभएको छ ।

Facebook Comments