सराङकोटको ढकालटोलमा एक घर एक धारा

पोखरा,२३ माघ ।

पोखरा महानगरपालिका–१८ सराङकोटको ढकालटोलमा एक घर एक धारा पु¥याइएको छ । गण्डकी प्रदेश सरकारको रु एक करोड लगानी तथा स्थानीय जनसहभागितामा स्याउदे लिफ्टिङ खानेपानी आयोजना मार्फत धाराको व्यवस्था गरिएको हो ।

आयोजनाको आज उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले निर्वाचनमा व्यक्त गरिएको प्रतिवद्धतामध्ये सराङकोटमा धाराको व्यवस्था गर्ने काम सम्पन्न भएको र बाँकी टोलमा समेत आयोजनाहरु क्रमश सम्पन्न हुने बताए ।
“सराङकोटको यावत समस्या मध्ये मूल समस्या खानेपानी हो । यस योजनासँगै अन्यत्रको समस्या पनि हल हुने दिशामा अघि बढेको छ।”, बरालले भने,“प्रदेश सरकारले जनताका समस्याहरुलाई नजिकबाट नियाल्दै समाधान गर्दैै आएको छ।”
समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणालीको प्रमुख उद्धेश्यनै जनतालाई खुशी र सुखी बनाउने रहेकाले नेकपाको नेतृत्वको वर्तमान सरकारले जनतालाई समृद्ध बनाउने कार्यको अगुवाई गरिरहेको सांसद बराको भनाई थियो ।
वडाध्यक्ष रणबहादुर थापाले अबको दुई वर्षभित्रमा सराङकोटको कुनै पनि घरमा पानी नपुगेको अवस्थाको अन्त्य गरी छाड्ने प्रतिवद्धता व्यक्त गर्दै ग्यारजाती र चंखपुरदेखी सेदी हाइटसम्मको आयोजनाका लागि डिपिआर तयार भइरहेको बताए ।
नेकपाका जिल्ला सदस्य राजु तिमिल्सिनाले वडाका विकास निर्माणले काँचूली फेदैै गएको बताउँदै स्थानीयको राजनीतिक, सामाजिक तथा चेतनाको स्तर समेत माथि उठेको उल्लेख गरे ।

कार्यक्रममा नेकपा जिल्ला सदस्य राजु खड्का, नेकपाका वडाध्यक्ष पुष्कलबहादुर थापा, नेपाली काँग्रेसका सभापति शिवप्रसाद तिमिल्सिना, सराङकोट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, तोरिपानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष टिकाराम तिमिल्सना, इन्जिनियर नवीन अर्याल, वडा सदस्य भोजकुमारी थापा, सम्झौता आमा समूहका अध्यक्ष जानुका ढकाल, संस्थाका अध्यक्ष एकबहादुर ढकाल, उपाध्यक्ष शोभा ढकाल, कोषाध्यक्ष डम्वरबहादुर ढकाल लगायतले आयोजना सम्पन्न भएसँगै स्थानीयको कष्टपूर्ण दिनको अन्त्य भएको भनाई राखे ।

Facebook Comments