सरकार-“सबै शर्त, नियमहरू मान्न तयार, बिदेशबाट नेपालीलाई फर्किन देउ ”:धरम के.सी

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ १४

विदेशमा रहेका नेपालीले स्वदेश फिर्ताको माग गरिरहेका भएपनि नेपाल सरकारले कुनै चासो नदिएको गुनासोसहित एक शुभेच्छुकले गैर आवासिय नेपाली संघ, एनआरएनए अध्यक्ष कुमार पन्त मार्फत पठाएको अपिल प्राप्त भएको छ । प्रस्तुत छ ५ बुँदे अपिलका कुराहरु जस्ताको तस्तै ।

आदरणीय सबैमा
नमस्कार

१. नेपालको आफ्नै कानूनले भन्छ, बैदेशिक रोजगारमा पठाइएका प्रत्येक कामदारहरू हर हालतमा स्वदेश फर्किन पाउनै पर्छ (बै.रो.ऐन२०६४ को दफा ७५)
२. नेपालकै सर्वोच्च अदालतको आदेश पनि छ, बिदेशबाट नेपालीलाइ फर्किन देउ ।
३. गन्तब्य मुलुकहरू धेरैले भनिरहेका छन् (“आफ्ना नागरिकहरूलाइ फिर्ता लैजाउ”)
४. नेपाल बाहेककामदार पठाएका अरूसबै मुलुकहरूले आ आफ्नाना गरिकहरूलाइ फिर्ता
लगिरहेका छन् ।
५. स्वदेश फर्किन चाहने ९५५ भन्दा बढी ।
५.१. कोरोना संक्रमित छैनन्, प्रमाणहरु पेश गर्न सक्छन् ।
५.२. आफ्नो हवाइ टिकट रोजगारदाताबाटै पाउंँछन् या आंफै पनि किन्न सक्छन् ।
५.३. नेपाल फिर्ति पश्चात सरकारले तोकेका सबै शर्त, नियमहरू मान्न तयार छन र रोग सार्दैनन् ।
५.४. सरकारलाई १ रूपैया पनि ब्ययभार नपारी सबै खर्च स्वयम ब्यहोर्न तयार छन् ।
५.५. घर पुगेर परिवारसंग मनाउनु पर्ने सिमित बिदा परदेशमै बिताउंदै छन् ।
५.६. घरबिदा (तलबी बिदा) सकिएपछि कति जना बेतलबीबिदा (बिना तलब) परदेशमै छन् ।
५.७. कोभिड (१९बाट प्रभावित बन्दै कतिको रोजगारर स्वयमको अवस्था पनि दिन प्रतिदिन नाजुक बन्दैछ ।
५.८. आज सरकारको सिर्फ अनुमतिमाग्ने यो संख्याभोली अनेक सहयोगमाग्न बिवश हुनसक्नेछ
उता प्रधानमन्त्री ज्यू बिदेशका सबै नेपालीहरूलाई संक्रमित देख्नुहुन्छ । जसको स्वदेश फिर्ति पश्चात देशै सोत्तर बन्ने खतरा देख्नुहुन्छ । सबैलाई सरकारले नै प्लेन चार्टर गरेर सरकारी खर्चमै स्वदेश ल्याउनु पर्ने बुझाइ र मान्यता बोक्नु भएको छ र यसरी सहजताभित्र पनि यस्तै अनेक मनोगत जटिलता र अतिरञ्जनामा स्वदेश फिर्तिमा थप ढिलाइ गरी समस्यालाई साँच्चै जटिल बनाइ कानुन, आदेश र अधिकार सबैको अवज्ञा गर्दै, आत्म निर्भरर सक्षम नेपालीहरूलाई समेत बिदेशमै अलपत्र पार्दै हुनुहुन्छ । तितो सत्य र यथार्थ यही हो ! अरू देशको निसाना छापमा उद्धृत “सत्यमेवजयते” पढ्ने, टिप्पणी, ब्याख्या गर्ने हाम्रा सम्माननीय प्रधानमन्त्री ज्यूलाई यो सत्य चैं खै कसले सम्झाउने, कसले बुझाउने ? र कहिले ?

शुभेच्छुक
धरम के.सी

Facebook Comments