“सरकार गल्ति छोपेर प्रेसबाट स्याबासी चाहन्छ, विदेशी शक्तिले स्वार्थको कारण देश तहसनहस पार्न चाहेका छन्”:के.सी(video)

लिपुलेक हाम्रै थियो र हो । हाम्रो घरलाई कसैले प्रमाणित गरिरहनु पर्दैन

by-aarju

आरजू विष्ट सल्यानी/अनलाईनअन्नपूर्ण/पोखरा, जेष्ठ १३

नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य बहादुर के.सीले सरकारले जहिले पनि प्रेसले आफ्ने विरोध नगरोस् र गुनगान मात्रै गाईरहोस् भन्ने चाहिरहने भएकोले विषम परिस्थितिमा सजग भएर काम गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ ।

प्रजातन्त्रमा जनताका चाहनालाई सरकारले बिर्सिएको खण्डमा उसका गल्ति कमजोरीहरुलाई पत्रकारले बाहिर ल्याईरहनु पर्छ, के.सीले भन्नुभयो :“सरकारले निरंकुश बिचारधारा अपनाएको, खुला नीतिकोे कारण प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिरहेको छ ।” गल्ति कमजोरी छोपिदेउन भन्ने चाहन्छ, यहि बेलामा मुलुक कोरोनाको चपेटामा परेको छ, सानो देशमा, संवेदनशिल समयमा आ–आफ्नो स्वार्थको कारण ठूला देशले, विदेशी शक्तिले खेलिरहेका छन् । वलिको बोको बनाउन चाहेका छन्, त्यसलाई हामी सबै मिलेर परास्त गर्नुपर्छ, यसमा सबैको एकता आवस्यक पर्छ ।”

लिपुलेक हाम्रै थियो र हो । हाम्रो घरलाई कसैले प्रमाणित गरिरहनु पर्दैन

लिपु लेकको राष्ट्रिय मुद्धालाई नेपाली प्रेसले राम्ररी उठाईरहेको छ । लिपुलेक हाम्रै थियो र हो । ग्रेटर नेपालको कुरा गर्ने हो भने नेपाल धेरै ठूलो थियो । अंग्रेजसंगको युद्ध पछि सन्धि अनुसार कायम भएको लिपु लेक हाम्रै हो, हाम्रो घरलाई कसैले प्रमाणित गरिरहनु पर्दैन । तर के गर्नु सरकारमा बस्नेहरुले कुर्सिलाई टेकाईरहन यो मुद्धालाई दरो भएर उठाउन सकेनन्, तर अब त्यसो गर्ने बेला छैन, के.सीले बताउनु भयो ।

बिगत ३८ वर्षदेखि वार्तामा बस्ने कुरालाई लम्व्याई रहेको छ र भारतले हैरानी दिईरहेको छ, वार्तामा नबसेर उ भाग्छ । के.सीले भन्नुभयो :“भारतले कव्जा गरेको भूमि हाम्रा पूर्खाले आर्जेको हो, हामीले तीरो तीरेको भूमिमा कसैले खुट्टा टेक्न पाउँदैन, कहाँ कहाँ प्रमाण जुटाउनु पर्ने हो जुटाएर वार्ताको टेवलमा बस्नुपर्छ, राष्ट्रिय मुद्धामा हामी सबै एक हुनुपर्छ ।”

हामीलाई चीनको पनि साथ चाहिन्छ, भारतको पनि चाहिन्छ । त्यतिले पनि पुगेन भने तेश्रो शक्तिको पनि साथ चाहिन सक्छ । देशका सबै शक्ति एक ठाउँमा भईयो भने हामीलाई कसैले हल्लाउन सक्दैन र हामीबीचमा कसैले पनि खेल्न नसक्ने के.सीको भनाई थियो ।

अहिलेको आवस्यक्ता ३२ अर्बको नोट छाप्ने मेसिन हो ? कि क्वारेन्टाईन

कोरोनाले हाम्रो अवस्था नाजुक भएको छ । कति सधैं लुकेर बस्ने ? लुकेर बसिरहे अवस्था झन् नाजुक हुन्छ । अर्थतन्त्रलाई चलायमान नबनाए, समयमै बुद्धि नपुर्याए, उत्पादनमूलक काम नगए स्थिति दर्दनाक हुने भएकोले उद्यमीलाई सक्रिय बनाउन सरकारसंग आग्रह गर्नुभयो । के सरकारको अहिलेको आवस्यक्ता ३२ अर्बको नोट छाप्ने मेसिन हो ? कि क्वारेन्टाईन भनेर प्रश्न गर्दै के.सीले यो बेलामा परिक्षण र उपचारलाई सातै प्रदेशमा चुस्त दुरुस्त पार्नु पर्नेमा जोड दिनुभयो ।

देशलाई आर्थिक रुपमा चलायमान बनाउने बेला

कोरोनाको विरुद्धमा जान र देशलाई आर्थिक रुपमा चलायमान बनाउने बेला आएकोले खर्च नभएको संसदीय कोषको रकम पर्याप्त उपचार केन्द्र, प्रयोगशाला वा अस्पताल कहाँ आवस्यक छ, त्यतातिर खर्चको लागि ध्यानाकर्षण गराउने काममा प्रेसको भूमिका महत्वपूर्ण भएको बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य के.सी आज नेपाल प्रेस यूयिनको स्थापना दिवशको अवशरमा प्रेस यूनियन कास्कीले आयोजना गरिेको “उत्कृष्ठ सदस्य अर्वाड” २०७६ वितरण कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै हुनुहुन्थ्यो ।

Facebook Comments