सरकार इमानदार, पार्टीको प्रतिवन्ध हटाए र गिरफ्तार नेता कार्यकर्तालाई निःसर्त छोडेर वार्तामा आए सकारात्मक रुपले सोच्ने :विप्लव

अनलाईनअन्नपूर्ण
आरजू विष्ट सल्यानी/पोखरा, कार्तिक ०५

सरकारद्धारा प्रतिवन्ध लगाईएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी ने.क.पा सरकारसंग वार्ताका लागि सर्तसहित केहि खुकुलो भएको संकेत दिएको छ ।

महासचिव चन्दको अध्यक्षतामा बसेको आठौं पूर्ण वैठकले नेपाली राजनीतिमा पैदा भएको क्रमभंग, फड्को, एकिकृत जनक्रान्तिको गुणात्मक विकासका साथै एकदर्जन नेता कार्यकर्ताको सदाहत, सयौंको जेल जिवन, पार्टीको गहन जिम्मेवारी र विशिष्ट परिवेशका बारेमा छलफल गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

महासचिव विप्लवद्धारा जारि गरिएको विज्ञप्तिमा वैठकले नेपाली राजनीति, विश्वराजनीतिक परिस्थिति, एकिकृत जनक्रान्ति, प्रतिरोध संघर्ष, संयुक्त मोर्चा, ध्रुविकरण, पार्टी सुद्धिकरण, आर्थिक अभियान, पार्टी पुर्नगठन दिवश लगायतका विषयमा छलफल गरि १२ वँदे निर्णय सार्वजनिक गरिएको उल्लेख छ ।

विज्ञप्तिमा उल्लेख वुँदा नं ४ को अन्तिम दोश्रो हरफमा सरकारले दमनलाई ढाकछोप गर्न “वार्ता” को हतियार प्रयोग गरिरहेको सन्दर्भमा पार्टीले त्यसलाई षडयन्त्रपूर्ण वार्ताप्रचार भन्दै भण्डाफोर गर्ने लेखेको छ । तर सरकार इमानदारीताकासाथ आएर पार्टीमाथि लगाएको प्रतिवन्ध हटाए, गिरफ्तार गरिएका नेता कार्यकर्तालाई निःसर्त छोडेर वार्तामा आए सकारात्मक रुपले सोच्ने निर्णय गरिएको जनाईएको छ ।

विज्ञप्तिमा देशको गम्भिर परिस्थितिको फाईदा उठाउँदै अमेरिकाले चीनलाई घेर्ने, भारतलाई दवावमा राख्न, नेपाललाई सैन्य अखडा बनाउनकोलागि अगाडी सारेको हिन्द प्रशान्त राजनीति देशको सार्वभौमिकता र स्वाधिनताका लागि भयानक भएको निष्कर्ष निकालेको जनाएको छ । उक्त रणनीतिका विरुद्ध आम जनताको वलमा प्रतिरोध गर्ने निर्णय गरेको उल्लेख छ ।

देशमा सरकारी संरक्षणमै लागुपदार्थको व्यापार फैलिदै गएको आरोप लगाईएको छ । लागु पदार्थको सेवन, देह व्यापार, विषालु रक्सिको व्यापार, वलात्कार, लुटपाट, धर्मको व्यापार विरुद्ध सांस्कृतिक र सामाजिक आन्दोलन आवस्यक रहेको जनाएको छ ।

नेपाली युवालाई ध्वस्त पार्दै लगेको लागुपदार्थ विरुद्ध, नेपाली प्रकृतिको “अफिम युद्ध” धर्म परिवर्तनको नाममा देखापरेको धर्म राजनीतिक हसतक्षेका विरुद्ध भौतिकवादी जागरणसहित सामाजिक सुरक्षा आन्दोलन संचालन गर्ने निर्णय गरेको जनाएको छ ।

वुँदा नं पाँचमा फाँसिवाद र दलालिकरणका विरुद्ध मोर्चा बन्नु र देशलाई जनवादी राजनीतिक अधिकार, स्वाधिनताको धारमा उभ्याउनु, भ्रष्टाचार विरुद्ध उभिनु आजको प्रमुख आवस्यकक्ता भएको उल्लेख छ । यसका लागि देशभक्त, वामपन्थि, लोकतन्त्रवादी, कम्यूनिष्ट शक्तिहरुलाई मोर्चावन्दि गर्ने र संयुक्त संघर्ष गर्ने जनाएको छ ।photo:social media

Facebook Comments