सरकारले चालिरहेका कदम सह्रानिय छन्, घरमै सुरक्षित तवरले बसौं, बचौं र अरुलाई बचाऔं :कर्म तमु(video)

by-aarju

आरजू-अनलाइनअन्नपूर्ण/पोखरा, चैत्र २०

कोरोनाभाइरसको सकस विश्वभरी नै परिरहेको छ । यसको फैलावटलाई रोक्न र मावनजातिको रक्षाका लागि हरसंभवका प्रयास भईरहेका छन् ।

नेपाल सरकारले जनताको सुरक्षाका लागि संक्रमण नहोस् भनेर बाहिरबाट हुने आवत जावतलाई रोकेको छ । अर्थात देश अहिले लकडाउनको अवस्थामा छ । मानिसको हिंडडुल नहोस्, संभावित संक्रमणलाई रोक्न सकियोस् र सबै सुरक्षित रहनको लागि यसो गरीएको हो ।

यसैबीच तमु धिं नेपालका अध्यक्ष कर्म तमुले सरकारले नेपाललाई सुरक्षित बनाउन गरेका विभिन्न प्रयासहरु सह्रानिय रहेकोले सरकारले जनताको सुरक्षाका लागि चालेको कदममा सहयोग पुर्याउनु नागरिकको कर्तव्य भएको बताउनु भएको छ । उहाँले सबैलाई सुरक्षित तवरले आआफ्नो घरभित्र बस्न आग्रह गर्नुभएको छ ।

“म अहिले घरमै बसिरहेकि छु, तमुले भन्नुभयो :“गेटमा बाहिर र भित्रबाट ताला लगाएर बसेकि छु, यसको अर्थ हो हामि आफ्नो घरमा बसेर सुरक्षित बसौं, आफु बचौं र अरुलाई पनि बचाऔं भन्ने हो, किनभने कोरोना मानवको संसर्गबाट द्रुतगतिमा सरिरहेको छ ।”

यो बेलामा पाको उमेरका सामाजिक अभियन्ताहरुले के सोचिरहनु भएको होला ? दिनचर्याहरु घरमै बसेर कसरी बिताउन सकिन्छ होला ? भनेर जिज्ञासा गर्दा उहाँले भन्नुभयो :“आफुलाई जेलमा बसेको भन्दा लकडाउनको अवस्था निकै कठिन भएपनि सम्पूर्ण मानव जातिको सुरक्षाका लागि, नेपालीको लागि यो भन्दा संक्रमणबाट बच्ने अरु उपाए नै छैन, त्यसैले घर घरमा सुरक्षित तवरले बसौं ।”

“म त घरमै आगनमा डुल्छु, छतमा पुगेर दृश्यपान गर्छु, हल्का कुद्छु र देश विदेशका खबरहरु रेडियो, टेलिभिजनबाट ग्रहण गरिरहेहि छु र साथीभाईलाई कोरोनाको संक्रमणबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन घरैमा बस्न सल्लाह दिईरहेकि छु ।” तमु धिं नेपालका अध्यक्ष कर्म तमुले उहाँको घरको गेट बाहिर यस्तो अनुभूति बताउनुभयो ।

-aarju
Facebook Comments