सरकारबाट प्राप्त निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध छ:नेपाली सेना

अनलाइनअन्नपूर्ण.पोखरा, जेष्ठ १६

नेपाली सेनाले जेष्ठ १४ र जेष्ठ १५ मा दुई ईण्डियन वेवसाईटमा आफुप्रति लक्षित भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार समाचार भन्दै गम्भिर ध्यानाकर्षण भएको एक पत्र प्रकाशित गरी ध्यानाकर्षण भएको बताएको छ ।

जेष्ठ १४ गते वुधवार हिन्दुस्तान टाईम्स डट कम मा शिशिर गुप्ताद्वारा लेखिएको “ईन ह्यूज सेटव्याक टू पिएम ओली, नेपाल्स न्यू पोलिटिकल म्याप हिट्स अ रोडव्लक शिर्षकमा समाचार छापिएको थियो ।

यस्तै जेष्ठ १५ गते बिहिवार टीएफआई डट कम मा अक्षय नराङद्वारा “ओली अडर्ड नेपाल चीफ अफ आर्मि टू रीव्युट ईण्डियन आर्मि चीफ्स रीमाक्र्स, द नेप्लीज जनरल सेड “नो थ्यांक्स” शिर्षकमा प्रकाशित भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार समाचारप्रति नेपाली सेनाको गम्भिर ध्यानाकर्षण भएको भन्दै त्यसको खण्डन गरेको छ ।

उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ठ ऐतिहासिक सम्वन्ध भएका दुई सेनाहरुबीचको सम्वन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्येश्यबाट प्रेरित देखिएको नेपाली सेनाले प्रकाशति गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावस्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित अफवाहहरुमा विश्वास नगर्न आम पाठक तथा स्वाभिमानि नेपाली नागरिकलाई हार्दिक अनुरोध गरेको छ ।

यसका बारेमा उपप्रधान तथा रक्षामन्त्रीबाट समेत धारणा सार्वजनिक भईसकेको जानकारी गराउँदै नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जानकारी गराएको छ ।

नेपाली सेनाले आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेना सम्वन्धि यस प्रकारका अफवाहरु फैलाउन प्रयासहरु हुन सक्न भएकोले सचेत र सजग रहन अनुरोध गरेको बिहिवार राति प्रकाशति पत्रमा लेखिएको छ ।

Facebook Comments