सरकारका १०० गल्तिको अघि ९९ सय गल्ति क्षम्य हुँदैनन्” : साझा उम्मेदवार रजनी केशी{video}

‘निर्वाचन हाम्रो लागि महत्वपूर्ण छ र जीत आवस्यक छ’

आरजू बिष्ट सल्यानी, पोखरा, कात्तिक १३

कास्कीको क्षेत्र नं २ मा मंसिर १४ गते हुन लागेको उप निर्वाचनलाई सबैले चासो दिएर हेरिरहेका छन् । दलका नेताहरुले आन्तरीक रुपमा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नका लागि भेटघाट, छलफल गगरिहेका छन् । कतिपय दलहरुले उम्मेदवार छान्न नसकि केन्द्रलाई सिफारीस गरेका छन् भने केहिले उम्मेदवार घोषणा नै गरिसकेका छन् ।

साझा पार्टीले कास्की निर्वाचन क्षेत्र नं २ मा रजनी केशीलाई उम्मेदवार घोषणा गरिसकेको छ । केशी अहिले पोखरामा घरदैलो गर्नमा व्यस्त रहन्ुभएको बताउनु हुन्छ । उहाँका अनुसार ११ वटा वडामा गएर मतदातासंग छलफल गर्दा आफुलाई आफ्नो पक्षमा मत आउनेमा आशावादी रहेको रेडियो अन्नपूर्णलाई बताउनु भएको छ ।

रेडियो अन्नपूर्णको छलफलमूलक कार्यक्रम आजको वैठकमा अन्नपूर्णकर्मि दीपेन्द्र श्रेष्ठसंगको कुराकानिमा केशीले जनताको आवाजलाई लिएर जनतामाझ गएको होले जितको आशामा बसेकि छु । केशीले भन्नुभयो ः“समुदायमा पुगेर छलफल गर्दै हिडेकि छु, मलाई के लाग्छ भने जनतालाई अनुभूति दिलाउने गरि काम गर्न जाने हो, मलाई दिनुभएको उहाँहरुको सल्लाह र सुझावले निकै उत्साहि बनाएको छ ।”

केशी हालै नेपाली कांग्रेससंगको २५ वर्षको आवद्धताबाट अलग्गिदै साझा पार्टीमा जानु भएको हो । मैले मेरो उम्मेदवारीका बारेमा वढि महत्व दिएको छैन, कुन पार्टीको, को उम्मेदवार भएर आउँछ, मेरो विषय होईन उहाँले भन्नुभयो ः“निर्वाचनमा जानको लागि जनताका साझा एजेण्डा मुख्य कुरा हो, तिनै लगेर गएकि छु ।”

उम्मेदवारी अनुभव गर्नका लागि हो कि देखाउनको लागि वा के का लागि ? भन्ने प्रश्नमा केशीले भन्नुभयो :“जनता आक्रान्त भईरहेका छन्, करले हैरान बनाएको छ, विश्वास छैन, निरासा छाएको छ, सरकारका १०० वटा गल्तिको अगाडी एउटा उच्चपदस्थ व्यक्ति माथिको कारबाहि प्रक्रियामा पुग्नुलाई ९९ सय गल्तिहरु क्षम्य हुन सक्दैनन् ।” जनताको आवाजको संवोधन गर्नका लागि नै उम्मेदवारी हो ।”

उपनिर्वाचनको उम्मेदवारी हाम्रा लागि महत्वपूर्ण छ । नेकपा र प्रतिपक्षि कांग्रेसका लागि संख्याको हिसाबले महत्व नहोला तर साझालाई महत्व लागेको छ, आवाजबिहिनहरुको आवाज बन्नका लागि, सहिलाई सहि र गलतलाई गलत भन्नका लागि, बिकृति बिसंगतिका विरुद्ध बोल्न जान लागेको हो । केशीले भन्नुभयो ः“निर्वाचन जितेर संसदमा पुगेर आम जनताको हितका लागि र अन्यायका विरुद्धमा आवाज उठाउन निर्वाचन हाम्रो लागि महत्वपूर्ण छ र जीत आवस्यक छ ।”

केशीका अनुसार निर्वाचनमा जित हुने आफ्ना आधारहरु पद्धती, पारदर्शिता, ईमानदारी र उत्कृष्टता रहेको बताउनु भयो । हामीकहाँ साच्चिकै लोकतन्त्र छैन, सहभागितामूलक लोकतन्त्र हुनुपर्छ, त्यसको लागि साहभागितामूलक लोकतन्त्र हुनुपर्यो, कुनैपनि पार्टीबाट उठ्ने उम्मेदवारहरुलाई अस्वीकार गर्ने पद्धती छैन, ठाउँमा पुर्याए पनि कार्यसंपादन मूल्यांकनको व्यवस्था छैन, हो यस्तै वातावरण निर्माणको लागि हामी जनतामा गएको हो ।

केशीले सांसद विकास कोषबाट एउटा सांसदले ६ करोड लिएर आफ्नो निर्वाचन क्षेत्रमा जानु भनेको सांसदलाई ठेकेदारको तहमा झारेको र चरम राजनीकि नितिगत भ्रष्टाचार हो भन्नुभयो । उहाँको लावि थियो, : “सांसदलाई पैसा बाँढ्ने होईन, सांसदको काम नीति बनाउने हो, विकास गर्नका लागि स्थानिय निकाय छन्, उनिहरुले गर्छन् ।”

केशीले निर्वाचनमा पैसा खर्च गरेर, खनपान, भोजभतेर गरेर, प्रलोभनमा पारेर नजाने पार्टीको प्रतिवद्धता अनुसार चल्ने बताउँदै, कहिं त्यस्तो देखिए खबरदारी गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार ः“हामी मकैभट्ट नै सहि, त्यहि खाएर जनताका आवस्यक्ताका एजेण्डा लिएर उनिहरु माझ जान्छौं ।”

Facebook Comments