समृद्धि स्टिल्स् राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६ पुस १८ देखि २८ सम्म पोखरा प्रदर्शनी केन्द्रमा

अन्नपूर्णअनलाईन/पोखरा, पुस १५- नेपाल भ्रमण वर्षको शुरभारम्भसंगै पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, नेपाल उद्योग वाण्डिाज्य महासंघ आयोजक तथा पोखरा उद्योग वाणिज्य संघ संरक्षक रहेको समृद्धि स्टिल्स् ‘राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६ पुस १८ देखि २८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँवजारमा हुँदैछ ।

पोखराको जेठो संस्था पोखरा उद्योग वाणिज्य संघले “लगानीको संम्वर्धन :उद्योग व्यवसायको प्रवद्र्धन” को मूल उद्घोषसहित विभिन्न संघ,संस्थासँगको सहकार्यमा वर्षेनी मेलाको आयोजना गर्दै आइरहेको छ ।

मेलाको उदेश्य आफ्नै उत्पादनका क्षेत्रहरु कृषि, पर्यटन, हस्तकला र उद्योगलाई प्राथमिकता दिईएको छ भने केहि विदेशी उत्पादनहरु स्टलमा रहने भएका छन् । संघका महासचिव तथा प्रचार संयोजक अर्जुन पोखरेलले मेलालाई सफल बनाउन गठित नेपाल उद्योग वाणिज्य महासंघका मेला उपसमितिका सभापति दिलसुन्दर श्रेष्ठको संयोजकत्वमा ३५१ सदस्यीय मुल आयोजक समितिले काम गरिरहेको बताउनु भएको छ । समितिको सह–संयोजक तथा कार्य सम्पादन समितिका अध्यक्षमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी रहनुभएको छ ।

संघले मेला व्यवस्थापनको लागि विभिन्न २८ वटा उपसमिति पनि गठन गरेको र उनिहरुले आफे जिम्मेवारीको काम गरिरहेको महासचिव पोख्रेलले बताउनु भयो । मेलाको अतिथि सत्कार व्यवस्थापन उपसमितिमा संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे रहनु भएको छ । स्टल निर्माणको जिम्मेवारी संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, मेलाको सुरक्षा व्यवस्थापनमा उद्योगतर्फकी उपाध्यक्ष विन्दु कोइराला सुवेदी, प्रायोजक व्यवस्थापनमा संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापति,आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे, प्रभातफेरी तथा आमा समूह व्यवस्थापनमा कोषाध्यक्ष चिनुकुमारी गुरुङले संयोजकको काम गरिरहनु भएको छ । हस्तकला व्यवस्थापनमा कार्यसमिति सदस्य कुमारी मुना बास्तोला, बाल उद्यानमा कार्यसमिति सदस्य रुद्रप्रसाद लुइँटेल, मुलद्धार व्यवस्थापनमा कार्यसमिति सदस्य केशवबहादुर खत्रीले काम गरिरहनु भएको छ । सदस्यहरु दिनेशचन्द्र बास्तोला, सोवित पौडेल, बलराम आचार्य, नगेन्द्रप्रसाद सुवेदी र ऋषिराम शर्मा भण्डारीले प्रकाशन, सांस्कृतिक, टिकट, रेष्टुरेण्ट र संघ,संस्था तथा विद्यालय व्यवस्थापन उपसमितिको संयोजकको काम गरिरहनु भएको छ ।

स्टल बिक्रीमा कार्यसमिति सदस्य रामेश्वर अधिकारी, पर्यटनमा कार्यसमिति सदस्य किर्तिबल्लभ त्रिपाठी, स्थानीय समन्वयमा कार्यसमिति सदस्य हर्कबहादुर अधिकारी संयोजक भएका छन् । कार्यसमितिका सदस्यहरु हरिहर सापकोटा, चिन्तामणि बास्तोला, तारानाथ ढुंगाना, हरिराज पन्त, श्रीप्रसाद घले र सुरेशबहादुर श्रेष्ठलाई क्रमशःपार्किङ, ब्यानर, कृषि, मंच तथा बस्तुगत संघ समन्वय, खानेपानी, वातावरण तथा सरसफाई र उद्योग व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको छ । कार्यसमितिका सदस्य एनकुमार साईले यातायात, कार्यसमिति सदस्य रामबहादुर केसीले स्वास्थ्य, कार्यसमिति सदस्य देवेन्द्र केसीले उपहार र विद्युत तथा टेलिफोन व्यवस्थापन उपसमितिको भूमिका कार्यसमिति सदस्य शिवराज आचार्यले काम गरिरहनु भएको छ ।

मेलालाई नेपाल पर्यटन वोर्ड, राष्ट्रिय वाणिज्य वैंक, आइएमई ग्रुपले प्रवर्धन गरेका छन् भने मुख्य प्रायोजक समृद्धि स्टिल्स् र सह प्रायोजक शिव शिखर कृषि सहारी संस्था रहेका छन् ।

Facebook Comments