समृद्धिका लागि महिलाको महत्वपूर्ण भूमिका–उपसभामुख शर्मा

पोखरा, १० पुस । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समृद्ध नेपाल निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ ।नेपाल रेडक्रस कास्की शाखा लैङ्गिक तथा समावेशीकरण समितिद्धारा आयोजित २१ औं महिला गोष्ठीको आज यहाँ उद्घाटन गर्दै उहाँले महिलाहरु प्राप्त हक अधिकारको उपयोग गर्दै आर्थिक समृद्धितर्पm जोडिनु पर्ने बताउनुभयो ।

मानवीय सेवामा समर्पित रेडक्रसले महिलालाई सहभागिता गराउँदै नेतृत्व विकासमा समेत जोड दिंदै आएको उल्लेख गर्दै उहाँले महिलाहरु घर भन्दा बाहिर निस्केर समाजका विपन्न एवम् असहायको सहारा बन्नु पर्नेमा जोड दिनुभयो ।

मुलुकका तीनवटै सरकारले महिला सशक्तिकरणका लागि विनियोजित रकमका बारेमा महिलाहरु सचेत हुनु पर्नेमा जोड दिदै उपभामुख शर्माले महिलाहरु समाजका विपन्न एवम् असहाय वर्गको सहारा बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका उपसभापतिव्दय डण्डराज पौडेल र कृष्ण तिमिल्सिनाले महिलाहरु अरक्षणमा नभई क्षमता विकास गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
शाखाका महामन्त्री धर्म अधिकारीले संस्थाले बिभिन्न विकास निर्माणका साथै रक्तदान, एम्वुलेन्स सेवा जस्ता मानवीय सेवालाई बिशेष महत्व दिंदै आएको जानकारी दिनुभयो ।

दुई दिने सो गोष्ठीमा शाखा अन्तर्गतका बिभिन्न ४८ उपशाखाका ९६ जना महिलाको सहभागिता रहेको लैङ्गिक तथा समावेशीकरण समिति कास्कीका संयोजक एवम् संस्थाका उपमन्त्री उर्मिला खड्काले बताउनुभयो ।

कार्यक्रम पहिलो दिन मोहनसिं खड्का र श्रीराम तिमिल्सिना तथा दोश्रो दिन उर्मिला खड्का र खेमराज सापकोटाले उक्त बिषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको बताउँदै उहाँले रेडक्रस सोसाईटीमा महिलाको संख्या बढाउन गोष्ठीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा १२ उपशाखाका अध्यक्ष सूर्यप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष रामबहादुर कार्की, इन्दिरा भण्डारी, मिना गुरुङ, प्रभा अर्याल लगायतले तालीमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो । (रासस)

Facebook Comments