समाजवादी पार्टी टोल टोलमा-घरदैलो अभियान तिब्र

पोखरा, ३० कार्तिक- मंसिर १४ गते कास्की क्षेत्र नं.२ मा गईरहेको निर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार ईञ्जिनियर धर्मराज गुरुङलाई विजयी गराउन घरदैलो अभियान तिब्रता दिएको छ।

शुक्रवार पोखरा महानगरपालिका वडा नं.४, ७, ८, ९, १७ मा घर दैलो अभियान गरिएकोछ । पोखरा बगालेटोल तमु समाजमा आयोजित कार्यक्रममा समाजका सदस्यहरुले उम्मेदवार ई.धर्मराज गुरुङलाई खादा लगाएर स्वागतसहित शुभकामना व्यक्त गरी घरदैलो कार्यक्रमको प्रारम्भ गरिएको थियो। उक्त अवसरमा उमेदवार गुरुङले आफ्नो उमेदवारी समान ऐन कानुन निर्माण, विभेद अन्त्य, सुशासन र समृद्ध नेपाल निर्माणका लागि भएको बताउनुहुदै मुलुकले इमान्दार नेता खोजिरहेको बेला आफु इमान्दारीताका साथ जनता र मुलुकको सेवाका लागि निर्वाचनमा प्रत्यासी बनेको बताउनुभयो।

घरदैलो कार्यक्रम बगालेटोल, सिद्धार्थचोक, रामकृष्ण टोल, गैह्रापाटन, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, कुवरटोल, आलुमाइलाचोक, सिमलचौर, सिर्जचनाचोक, लखचोक, नागढुंगा, पुरानो बसपार्क क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको हो। यसरी नै वडा नं. ७ र १७ गते घारीपाटन क्षेत्रमा हात चिन्हमा मतदान गरी धर्मराज गुरुङलाई अत्याधिक मतदान गरी विजयी गराउन आग्रह गरिएको थियो। घरदैलोको क्रममा मतदाताहरुले खोजे जस्तै इमान्दार नेता गुरुङको उमेदवारीले आफुहरुको रोजाई हात चिन्ह हुने विचार व्यक्त गरेका थिए।

घरदैलो अभियानको क्रममा सचेत युवाहरुको तर्फबाट बगालेटोल चोक, गैह्रापाटन, विपीचोक, सिमलचौर, तमु ह्युलचोक बिरौटा, बसपार्कमा पुराना पार्टी र तिनका नेताले गरेका अक्षमता, भ्रष्टता, कमिशनखोर, कुशासन लगायत मुलुकलाई दुर्गतिमा पुर्याउनेहरुलाई जनमतबाट कारवाही गर्न आग्रह गर्नुभयो। मुलुकलाई विकल्प दिन, इमान्दार कर्मठ, सक्षम नेता ई.धर्मराज गुरुङ हात चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराउन आव्हान गरेका थिए। कोणसभामा नेत्र चापागाई, रेशम सापकोटा, विशाल तिमिल्सीना लगायतका सचेत युवाहरुको तर्फबाट जनतालाई न्यायको पक्षमा हात चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको थियो।

Facebook Comments