समाजवादी पार्टी टोल टोलमा

पोखरा, ३० कार्तिक- मंसिर १४ गते कास्की क्षेत्र नं.२ मा गईरहेको निर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार ईञ्जिनियर धर्मराज गुरुङलाई विजयी गराउन घरदैलो अभियान तिब्रता दिएको छ।

घरदैलो कार्यक्रममा उमेदवार गुरुङले आफ्नो उमेदवारी समान ऐन कानुन निर्माण, विभेद अन्त्य, सुशासन र समृद्ध नेपाल निर्माणका लागि भएको बताउनुहुदै मुलुकले इमान्दार नेता खोजिरहेको बेला आफु इमान्दारीताका साथ जनता र मुलुकको सेवाका लागि निर्वाचनमा प्रत्यासी बनेको बताउनुभयो।

Facebook Comments