समाजवादी पार्टीको पोखरामा चुनावी सभा सम्पन्न

पोखरा, ८ मंसिर । मंसिर १४ गते कास्की क्षेत्र नं. २ मा हुन गईरहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा समाजवादी पार्टीका तर्फबाट उम्मेवादर बन्नुभएका ईञ्जिनियर धर्मराज गुरुङलाई विजयी गराउन चुनाव प्रचार ¥याली र चुनावी सभा आइतवार पोखरामा सम्पन्न गरेको छ।

चिप्लेढुंगाबाट शुरु भएको बृहत चुनावी ¥याली महेन्द्रपुल, नयाँबजार हुदै लखनचोकमा पुगी चुनावी सभामा परिणत भएको थियो।

चुनावी सभामा समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले यस उपनिर्वाचन मात्र होइन यस निर्वाचनले नेपाली मुल्य मान्यता फेर्न सक्छभन्नुहुदै मंसिर १४ गते चकित पार्ने गरी नयाँ निर्णय गर्न आग्रह भयो।

एक चोटी झुक्किनु गल्ती पनि हुन सक्छ, पटक पटक झुक्किनु फटाहा ठग भन्दा पनि झुक्किनेहरु कै गल्ती भएकाले विगतदेखि पटक पटक काँग्रेस र कम्युष्टि नाम गरेकालाई भोट दियौं, पुराना पार्टीले देश अगाडि बढ्न नसक्ने भएकाले बैकल्पिक राजनीतिक शक्तिको रुपमा समाजवादी पार्टी गठन गरेको हो।

पुरानो पार्टीले देशलाई नेतृत्व गर्न सक्दैन । जनयुद्धबाट थाकेर माओवादीका प्रचण्डले पार्टीलाई एमालेको चैतारीमा भारी बिसाएको गुनासो गर्नुभयो।कम्युनिष्ट सत्ता भ्रष्टचारमा फस्यो । कम्युनिष्ट भन्ने अनि अरबौं अरबौं थुपार्ने, तस्करका संगत मात्रै होइन उनैका घरमा निवास बनाउने कम्युनिष्टले मुलुकलाई लुटिरहेको छ।

हिजोका क्रान्तिकारी आन्दोलनहरुबाट आएका नेताहरुको निर्माण गरेको पार्टी हो, समाजवादी पार्टी । समाजवादी पार्टी संघीयता, सुशासन, समृद्धिसहितको समन्नुत समाजवादले नै मुलुकले उन्नत बन्ने उहाँको दावी थियो।

महेन्द्र देखि ओलीसम्मले राष्ट्रियताको चर्को नारा लगाउने भित्र भित्र देशद्रोही बनिरहेको छ। प्रम ओली बाहिर ढंका पिट्ने भारतसँग लत्रक्क पर्ने पाखण्डी राष्ट्रवादीबाट जोगिनुपर्दछ। कालापानी, लिपुलेक, लिम्पियाधुराका बारेमा भारतसँग कुटनितिक पहल गर्न नसकेर

प्रधानमन्त्री ओली पत्रपत्रिका राष्ट्रियता देखाईरहेकाछन। हाम्रो भुमि फिर्ता गराउन बोल्न समेत नसक्ने भन्दै ओलीको राष्ट्रवादलाई पाखण्डी राष्ट्रवाद उपमा दिनुभयो।

सबैको पहिचान र अधिकार सुनिश्चित हुनुपर्दछ । आदिवासी जनजाति, दलित, मधेशी, मुश्लिम, खसआर्य लगायत सबैको समानता पाउनुपर्दछ। अधिकार खोसिएकाहरुले पहिचन खोज्दा खसआर्य आत्तिनुहुदैन, सबैलाई अधिकार दिए मात्र देशमा एकता र दिगो शान्ति हुने डा.भट्टराईको ठम्याई हो।

समृद्ध नेपाल निर्माणका लागि पहिचान सहितको संघीयता आवाश्यक हो। पहिचानको अधिकार अरुको खसआर्यको अधिकार खोस्नका लागि नभएको भन्दै भ्रममा नपर्न उहाँको आग्रह थियो।

तमुको भाषा, संस्कार, संस्कृतिको सम्मान दिदाँ खसआर्यको अधिकार खोसिदैन नर्तसन नेता डा.भट्टराईले आग्रह गर्नुभयो। डा.हर्क गुरुङ, मधेशी, थारु, दलित, महिला किन प्रधानमन्त्री हुन नसेको भन्दा सबैको सहभागीता र एकताले राष्ट्रिय एकता समृद्ध बन्ने बताउनुभयो।

भ्रष्ट बनाउने राजनितिको अन्त्य गर्नुपर्ने डा.भट्टराईले भन्नुभयो। इमान्दार, विश्वासिलो प्रतिनिधि छान्नुपर्दछ भन्दै कास्की क्षेत्र नं. २मा ई धर्मराज गुरुङलाई विजयी गराऔं भन्नुहुदै सानो माछा मात्रै समाउने गरिएको छ हामी सानो मात्रै होइन ठुलो माछा समाउछौं।

भिजन र मिसन नै नभएको सरकार कसरी चल्छ भन्दै समाजवादीले कृषिमा आधुनिकीकरण, स्वरोजगार,स्वदेशमै युवा रोजगार, पोखरालाई पर्यटन शहर बनाउनुपर्दछ।

भूपू सैनिक गैरआवाशीय नभएकाले भुपुको समस्या छुट्टै हो, भुपूले सक्दो छिटो सम्पर्क गर्नुस ।गणतन्त्रमा पनि परिवारवाद भित्राएर सामन्तबादलाई प्रश्रय नदिन बैनी विद्या भट्टराईलाई सुझाव दिनुभयो।

पहिचान र अधिकार सुनिश्चत हुने गरी १० जोड १ प्रदेश, जननिर्वाचित कार्यकारी राष्ट्रपति र प्रत्यक्ष निर्वाचित संसद आवाश्यक भएको भट्टराईले जोड दिनुभयो।

पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव हात समृद्धिका लागि हातेमालो र विभेदकारीलाई थप्पड हान्ने हात चिन्ह भएको बताउनुभयो। काँग्रेस र कम्युनिष्टका नितिका कारण नेपाल दरिद्र बनाउने, अविकास तर्फ लैजाने मात्र होइन कमिशन र लुटतन्त्रको विकास गरायो।

समाजवादी पार्टी सुशासन, विभेद अन्त्य, समानुपातिक समावेशीता, संघीय प्रणालीलाई पहिचान, अधिकार सुनिश्चित गराउन स्थापित भएको हो। काँग्रेस कम्युनिष्टले बनाएको अपांग संविधानलाई संशोधन गरी अधिकार स्थापित गर्न समाजवादी पार्टी संघर्षरत छ, यो चुनाव पनि संघर्ष नै हो, सरकारमा संघर्ष मै छौं, उहाँको भनाई थियो।

पहिचान, अधिकार, विभेद अन्त्य, सुशासन, समृद्धि नेपाल र समन्नुत मुलुक बनाउन हात चिन्हमा मतदान गर्न आग्रह गर्दै उम्मेदवार ई.धर्मराज गुरुङको हात उठाउनुभएको थियो।

केन्द्रीय सहअध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकमा अव्यवस्था, पुराना सत्तासीनको अक्षमतामा मात्रै होइन लुट, कमिशनतन्त्र लगायतको कुशासनले आवाश्यकताले बैकल्पिक शक्ति समाजवादी पार्टी गठन भएको हो।

निर्वाचनमा लुट्नेहरु र समाज निर्माण गर्ने इमान्दार उम्मेदवारलाई मतदाताले चिन्नुपर्ने उहाँको आग्रह थियो। विभेदको अन्त्य, पहिचान स्थापित, संघीयताको संस्थागत, समृद्ध मुलुक निर्माणका साथै जनताको अधिकारका लागि ई.धर्मराज गुरुङलाई हात चिन्हमा मतदान गर्न नेता श्रेष्ठको आग्रह थियो।

धर्मराज गुरुङलाई मतदान गर्नुभनेको भुपू सैनिकको सम्मान, विभेदमा पारिएकोहरुकम आदिवासी जनजाति लगायतको अधिकारहरु सुनिश्चित गराउने पहरेदारलाई साथ दिनु हो।

उम्मेदवार ईञ्जिनियर धर्मराज गुरुङले सिस्टम भएको मुलुकमा धेरै अनुभव गरेको छु त्यसैले नेपालमा सिस्टम नभएकाले सिस्टम स्थापित गर्न, समान कानुन निर्माणका लागि, गाँउहरुको दिगो विकास, अव्यवस्थित सुकुम्बासीहरुले व्यवस्थित गरी राष्ट्र निर्माणमा लगाउने बताउनुभयो।

मुलुकलाई समृद्ध बनाउन कृषिमा आधुनिकीकरण, भुपू सैनिकका अनुभव तथा सीपलाई मुलुक निमार्ण गर्नेका साथै भुपूका समस्या समाधान गर्ने, मुलुक समृद्धिका लागि आफ्नो अनुभवबाट मुलुक समृद्ध बनाउन कुलमान जस्तै उदाहरण बन्ने दावी गर्नुभयो। मलाई अवसर दिनुहोस्, बोलेर होइन काम गरेर देखाउछु उहाँको आग्रह थियो।

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश इञ्चार्ज गणेशमान गुरुङले काँग्रेस र कम्युनिष्ट भए अब बैकल्पिक शक्ति समाजवादी पार्टीको हात चिन्ह सबैको भरोसाको केन्द्र बन्ने बताउनुभयो।उहाँले पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका ई.धर्मराज गुरुङको परिचय समेत गराउनुभएको थियो।

संघ संस्थाहरुको तर्फबाट तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले पहिचान, अधिकार, विभेद अन्त्य र इमान्दार जनप्रतिनिधि चयनका लागि ई.धर्मराज गुरुङलाई मतदान गर्न आव्हान गर्नुभयो। भुपू सैनिकको इमान्दारीतासँगै अत्यन्तै अनुभवी र सक्षम उम्मेदवार भएकाले धर्मराज गुरुङलाई सबैको रोजाई हुने विश्वास गर्नुभयो।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टीमा दर्जनौं समाजवादीमा प्रवेश गरेका थिए। नवप्रवेशीलाई पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र निर्वाचन परिचालन समिति संयोजक गिरीप्रसाद गुरुङले अबिर र खादा लगाएर प्रवेशका साथै स्वागत गर्नुृभएको थियो।

कार्यक्रममा समाजवादी पार्टीका नेतृ तथा राष्ट्रियकलाकार पार्वती जिसी, पहिचानवादी युवाहरु चन्द्र तामाङ मुस्कान, सनम तामाङले गीत प्रस्तुत गर्नुभएको थियो भने कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने सुमे नौबहादुर गुरुङले चुनावी गीत प्रस्तुत गर्नुभएको थियो।

निर्वाचन परिचालन समितिका संयोजक गिरीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेतृ काशीमाया गुरुङले स्वागत र नेता टिकाराम पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो।

Facebook Comments