“सबैको सहभागिताले जोखिम न्यूनिकरण/व्यवस्थापन गर्न सकिन्छ” रेडक्रसको SURE कार्यक्रम चौथो वर्ष प्रवेशको संघारमा

अनलाईनअन्नपूर्ण/पोखरा, फागुन १३

नेपाल रेडक्रस सोसाईटी कास्कीले बिगत ३ वर्षदेखि पोखरा महानगरपालिकामा संचालन गरिरहेको उत्थानशिल नगर प्रवर्धन र सहभागिता “स्योर” कार्यक्रम चौथो वर्ष प्रवेशको संघारमा रहेको बेलामा विभिन्न कार्यशाला गरेर आगामि कार्य योजनाको लागि सुझाव, अनुभव र भईरहेका परिवर्तनको बारेमा टिपोट संकलन गरिरहेको छ ।

मंगलवार पोखरामा “अन्र्तक्रिया तथा सिकाई आदानप्रदान कार्यशाला” आयोजना गर्यो । स्योर कार्यक्रमका कास्की संयोजक दीवाकर सुवेदीले बितेका ३ वर्षमा कार्यक्रमले समुदायमा पारेको प्रभाव र आगामी दिनको आवस्यक्ताका बारेमा कसरी अगाडी वढ्न सकिन्छ ? भनेर सुझाव संकलन गर्न कार्यशाला महत्वपूर्ण रहेको बताउनु भयो । सुवेदीले भन्नुभयो ः“हामी सबैको सहभागिताले जोखिम न्यूनिकरण र व्यवस्थापन गर्न सकिन्छ ।”

रेडक्रस उपशाखा २, ३ का सभापति खगराज पराजुलीले अव्यवस्थित बसोवास भएको क्षेत्र सिमपानी लालटीन वजारमा सेतीमा तारजालि लगाउने र बच्ने उपाएका बारेमा तालिम संचालन गरेको बताउनुभयो । आपद बिपद परेको बेलामा मानिसलाई कसरी जोगाउने भन्ने बारेमा सक्षम बनाउन स्योर कार्यक्रमले निकै सहयोग पुगेको बताउनु भयो ।

रेडक्रस कास्कीका उपनिर्देशक खेमराज सापकोटाले महानगरमा लक्षित समूह अपागंता भएका व्यक्तिहरु, जेष्ठ नागरिक, अव्यवस्थित बसोवास गरेका, दलित समुदाय र केहि वडाहरुमा संचालित कार्यक्रमका लागि सिप सिकाई र अनुभवले आगामि दिनमा एकिकृत भएर अघि वढ्न सघाउने बताउनु भयो ।

नेपाल रेडक्रस सोसाईटी कास्कीका कोषाध्यक्ष सुरेन्द्र गुरुङले नेपाल रेडक्रस सोसाईटीले बिपद व्यवस्थापन, न्यूनिकरणका बारेमा गर्ने गरेका कार्यक्रम हामी सबैका लागि भएकोले जननिर्वाचति प्रतिनिधिहरुको सहभागितामा जोड दिनुभयो । महानगरको साथमा आगामी दिनमा महानगरभरि नै कार्यक्रम संचालनको लागि सोंच बनाएको बताउनु भयो ।

रेडक्रस कास्कीका कार्यबाहक सभापति डण्डराज शर्माले स्योर कार्यक्रम संचालन भएको तीन वर्षमा धेरै महत्वपूर्ण वैठक, भेला, तालिमहरु आयोजनाबाट बिपद व्यवस्थापन तथा जोखिम न्यूनिकरणका लागि दक्ष जनशक्ति उत्पादान भएको बताउनु भयो । शर्माले सबैको सहयोगले नगरमा जोखिमको सामना गर्ने वातावरण तयार पार्नका लागि कार्यक्रम महत्वपूर्ण भएको बताउनु भयो ।

परियोजना अधिकृत देवनारायण पौडेलले सहजिकरण गर्नुभएको कार्यक्रममा मन्त्री धर्मराज अधिकारी, रेडक्रसकर्मि नवराज भण्डारी, सर्मिला धमला लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments