सन्दर्भ-१८ औं आहा ! रारा गोल्ड कप २०७६,“कठिनाईसंग जुध्दै सफलताको शिखरतिर लम्किन्छौं” :थापा(video)

https://youtu.be/QUv7QbpztHw

अनलाईनअन्नपूर्ण/पोखरा, माघ १५

उपत्यका बाहिर पोखरामा वर्षेनि आयोजना हुँदै आएको गौरव गर्न लायक फुटवल प्रतियोगिता आहा ! रारा गोल्ड कप नै हो ।

वर्ष २०७६ को लागि फागुन २२ देखि चैत्र १ गतेसम्म १८ औं संस्करणको आहा ! रारा गोल्ड कप पोखरा रंगशालामा हुने तिथि सार्वजनिक भईसकेपछि आयोजक सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समितिले द्रुत गतिमा तयारीका गरिरहेको छ ।

२०५५ साल कार्तिक महिनामा वसन्त थकालीको अध्यक्षतामा गठन भएको सहारा क्लवले २०५८ सालमा पहिलो पटक क्याराभान गोल्ड कप प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताबाट हौसिएको क्लवले २०५९ मा आहा गोल्ड शुरु गरेको हो भने पछिल्ला केहि वर्षदेखि आहा ! रारा गोल्ड कपको नामले राष्ट्र अन्तराष्ट्रमा परिचित हुँदै आएको छ ।

“जहाँसम्म लाग्छ, हाम्रो काम र उदेश्यलाई लिएर वर्षेनि हामीलाई सहयोग गर्नेहरुको लर्को नै लाग्छ । प्रतियोगिता संचालनको मुख्य उदेश्य सहारा क्लवले संचालन गरिरहेको फुटवल एकेडेमि नै हो । जहाँ कठिन परिस्थिति एवं विपन्न वर्गका विभिन्न क्षेत्रका वालकहरुले शिक्षा दिक्षाकासाथ फुटवलको प्रशिक्षण लिईरहेका छन् । उनीहरुको लागि सम्पूर्ण खर्च सहारा क्लवले गर्दै आएको छ, क्लवका अध्यक्ष तथा प्रतियोगिता संयोजक केशव बहादुर थापा गम्भिर भएर बताउनु हुन्छ कि दर्शकको अपार माया, व्यवसायीक प्रतिष्ठान देश विदेशमा रहेका पोखरेली र सहयोगदाताको सहयोगले नै अगाडी वढ्ने प्रेरणा मिलिरहेको छ ।

कुनैपनि काम सहज किसिमले भयो भने त्यति मज्जा हुँदैन तर जतिसुकै वाधा अड्चन आएपनि त्यस्तो कुनै कठिन अवस्थामा कार्यक्रमलाई बडो ध्यान दृष्टि लगाएर गरिन्छ र मज्जा पनि आउँछ । हामीलाई हाम्रा कमजोरीहरुलाई केलाएर झक्झकाई रहेको कारण नै हामीलाई अघि वढ्ने प्रेरणा मिलिरहेको छ, अध्यक्ष थापाको भनाई ।

एकेडेमि स्तरिय टूर्नामेन्ट

थापाका अनुसार वार्षिक रुपमा आयोजना गरिने आहा ! रारा गोल्ड कपको जस्तै सहारा क्लवको अर्को चाहाना एकेडेमि स्तरिय टूर्नामेन्ट संचालन हो । थापाले भन्नुभयो :“यो अवधारणालाई मनन गरिरहेका छौं किनभने पोखरामा पनि केहि क्लवले एकेडेमि चलाई रहेको हुनाले खेलाडीलाई अभ्यास पनि हुन्छ र खेल्न पाईएन भन्ने खिन्नता पनि दूर हन्छ, त्यसैले एकेडेमि स्तरिय टूर्नामेन्ट वा फेस्टिवलको रुपमा एक दिने, दुई दिने प्रतियोगिता संचालन गर्न सकिन्छ यसका बारेमा सल्लाह भईरहेको छ ।

पोखरा च्याम्पियन्स लिगको खाँचो

अर्को मलाई के खड्कि रहेको छ भने शुक्रवार र शनिवार गरेर हप्तामा दुई दिन खेल्नेगरि बिदाको समयलाई सदुपयोग गर्दै पोखरा च्याम्पियन्स लिग चाँहि खेलाउन सकिन्छ । यसले के गर्छ भने हप्तामा दुई दिन भएपनि खेलाडीहरु खालि बसेको जस्तो पनि नहोस्, उनिहरुको मनोवल पनि बढोस्, अभ्यास गराउँदै खेलमा तल्लिन बनाउन सकिने सोंच रहेको छ । यस्का बारेमा प्रस्ताव तयार बनाई रहेको छु, थापाले भन्नुभयो :“प्राविधिक रुपमा र आर्थिक रुपमा आँट्न सकिएको छैन तर गर्नैपर्ने जस्तो लागेको छ, यो त क्लवहरुले पालैपालो गरे हुन्छ ।”

पछिल्लो क्रममा डेविज फल्स, हेम्जा, संगम क्लव र सहाराले एकेडेमि चलाई रहेको हुनाले एकापसको खेल, कलाकौशल वढाउन कहिले आफुले आमन्त्रण गर्ने र कहिले उहाँहरुको निमन्त्रणामा खेल्न जाने गरौं । नेपाल बाहिर रहेका क्लवहरुसंग पनि मैत्री खेलको लागि जाने बानिको विकासले खेल जीवनमा महत्वपूर्ण योगदान पुग्छ ।

फागुनको २२ देखि चैत्रको १ गतेसम्म आयोजना गर्न लागेको १८ औं संस्करणको आहा रारा गोल्ड कपको लागि हामीलाई जहिले पनि केहि फरक गरौं भन्ने लाग्छ तर प्राकृतिक रुपमै मौसम नै फरक भईदिन्छ, सेड्यूल नै यस्तै आउँछ तर पनि हामी चूनौतीको सामना गर्नबाट पछि हट्दैनौ किनभने मौसम पूर्ण रुपमा प्रतिकुल होला नहोला तर हामी प्रतियोगितालाई सफल पार्नका लागि आन्तरीक गृहकार्यलाई दरो बनाएका छौं ।

हाम्रो सहयोगका बलिउया खम्बा हामीलाई विभिन्न देशमा रहेका सहारा क्लवलको सहयोग पनि हो । हङकङमा समय समयमा वच्चाको लागि फुटवल तालिम र च्यारीटि सो हुने गरेको छ । अष्ट्रेलियामा वर्षेनी सहारा कप आयोजना भईरहेको छ । सहारा यूकेले एकेडेमि संचालन गर्ने उदश्यले काम गरिरहेको छ । तपाँईहरुलाई थाहा छ पहिले पहिले यूकेको नेपाली टीम पनि यहाँ खेल्नका लागि आएको थियो, थापाको स्मरण ।

Facebook Comments