सडन डेथबाट सेमिफाइनलमा पुग्यो पुलिस

बिर्तामोड कार्तिक १९ । सशस्त्र प्रहरी बलको एपीएफ टिमलाई पराजित गर्दै नेपाल पुलिस क्लब अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफको चुनौती पुलिसले सडन डेथबाट समाप्त गरेको हो ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको दोस्रो क्वाटरफाइनलमा ५(४ गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ८० मिनेटको खेलमा दुवै टोलीले समान १(१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।पुलिसका लागि भरत शाह, हेम तामाङ, मानबहादुर परियार, अञ्जन राई र भोला सिलवालको प्रहार गोलमा परिणत भएको थियो भने सुमन लामा र हरी कठायतको प्रहार बाहिरिएको थियो ।

त्यस्तै, एपीएफका लागि सुदिप शिख्रकार, नविन लामा, आशिष लामा र रवि थिङको प्रहार गोलमा परिणत हुँदा राजु नगरकोटी, बुद्धिमान राई र हरि कार्कीको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाउ गरेका थिए । उनी नियमित गोलरक्षक शत्रुधन चौधरीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

खेलको पहिलो हाफमा सशस्त्र प्रहरीले गोल गर्दै अग्रता लिएको थियो तर दोस्रो हाफमा पुलिसले एक गोल गरेर खेललाई बराबरीमा पुराएको हो । प्रतिस्पर्धात्मक खेलमा हरि कार्कीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको ३० औँ मिनेटमा पाएको फ्रिकिकमा उनले गोल गरेका हुन् । एपीएफका नविन लामाले गरेको प्रहारमा एपीएफका डिफेन्डर रमेश दंगालको हेड टचमा हरि कार्कीले पनि हेड गोल गरेका हुन् ।खेलको ९ मिनेटमै पुलिसका निरकुमार राईले पाएको अवसर खेर गएको थियो । उनले प्रहार गरेको बल एपीएफको बारमा लाग्दै भित्रिएपछि पुलिसका समर्थक निराश बनेका थिए । यस्तै, पाएका थुप्रै अवसर गोलमा परिणत गर्न नसक्दा पहिलो हाफमा पुलिस १(० ले पछि परेको थियो ।

दोस्रो हाफको ३०औँ मिनेटमा पुलिसका भोला सिलवालले गोल गरेर खेललाई बराबरीमा पुर्‍याए । सन्तोष हेमरमको पासलाई एपीएफका दुई डिफेन्डरलाई काटेर भोलाले गोल गरेका हुन् । नियमित खेलाडी निरकुमार राईलाई खेलको ४६ औँ मिनेटमा परिवर्तन गर्दै भोला मैदान प्रवेश गरेका थिए ।

१(० गोलले पछि परेको अवस्थालाई उल्टाएर जीत नजिक पुराएका पुलिसका भोला सिलवाल खेलको नायक सावित भए । उनी खेलको म्यान अफ दी म्याच घोषितहुँदै नगद १० हजार पुरस्कार पाउन सफल भए । बाह्रखरी पुलिसले पहिलो खेलमा झापा ११ एफसीलाइृ २(१ गोलअन्तरमा पराजित गरेर टाइब्रेकर खेलेको हो भने एपीएफ बाइमा परेर सोझै क्वाटरफाइनल खेलमा प्रवेश गरेको टोली हो ।१० वटा टिम सहभागी गोल्डकपमा बुधबार त्रिभुवन आर्मी क्लब र भारत असामको मोलवे एफसीबीच हुनेछ । गोल्डकपको विजेता टोलीले नगद रु। १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।बाह्रखरी

Facebook Comments