संसद सचिवालयले महराको राजीनामाबारे जारी गर्‍यो सूचना, वेबसाइटबाट नाम हटाइयो

असोज १५, पोखरा,-संघिय संसदको सचिवालयले आज एक सूचना टाँस गरी सभामुख कृष्ण बहादुर महराको राजिनामा बारे जानकारी गराएको छ ।

तस्विर : ईमेज खबर डट कम

सूचना संसद सचिवालयको सूचनापाटीमा टाँसिएको छ । सूचना टाँसिएसंगै महराको नाम सचिवालयको वेवसाईटबाट हटाईएको छ । महराले मंगलबार उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिनुभएको थियो ।

Facebook Comments