संक्रमित संख्या ६०३ (५२४ पुरुष र ७९ महिला), निको हुने ८७, १ लाख ३८ हजार वढिको परिक्षण(video)

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.11

Novel Coronavirus (COVID-19) Media Briefing 2077.02.11#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Sunday, May 24, 2020
credit-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

आरजू/अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ११

आज १९ जना नयाँ संक्रमित थपिएपछि नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६०३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवाकोटाले कोभिड १९ का नयाँ १९ जनाको पुष्टिसंगै संक्रमित हुनेको संख्या ६०३ पुगेको जानकारी दिनुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला वीराटनगरमा गरिएको परिक्षणमा मोरङ बाह्रदशी वडा नं ३ का एक ४५ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।

राष्ट्रि जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा बारा कलैयाका ३२ वर्षिय पुरुष, वीरगञ्ज पर्सामा २५ वर्षिय एक पुरुष, पर्सा घर भएका बारामा कार्यरत ३४ वर्षिय एक पुरुष, पर्सा नागहवाका ६० वर्षिय पुरुष, रौतहट घर भएका कलैयामा कार्यरत ३२ विर्षय पुरुष, सर्लाही हरिपुर वडा नं ६ का ४८ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै रुपन्देही सम्मारीमाई वडा नं ५ का २ जना ४० र ५० वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको छ । रुपन्देही एक का ३२ वर्षिय पुरुष, काठमाडौं सोह्रखुट्टेका ६९ वर्षिय पुरुषमा पनि संक्रमण पोजेटिभ देखिएको छ ।

आज नुवाकोट जिल्लाका एक जनामा संक्रमण पोजेटिभ देखिएपछि कोरोना संक्रमित फैलिएको जिल्लाहरु मध्य पछिल्लो जिल्ला नुवाकोट ४२ औं जिल्ला बनेको छ । नुवाकोट ककनीका ३९ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको हो ।

रुपन्देही गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षिय पुरुष, कपिलवस्तु खैराटी वडा नं ३ का ३५, ३७ र ५२ वर्षिय पुरुष, गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षिय एक पुरुष गरी आज १९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यो संगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६०३ पुगेको हो । कुल संक्रमित ६०३ मध्य ५२४ जना पुरुष तथा ७९ जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।
डिस्चार्ज हुनेहरु ८७ जना पुगे

आज बारा, पर्सा र रौतहटका ७ जना नारायणी अस्पतालबाट डिस्चार्ज भएका छन् भने वुटवलबाट १० जना गरी १७ जना डिस्चार्न भएका छन् । यो संगै नेपालमा निको हुनेको संख्या ८७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ४८ हजार ८१५ जनाको पीसीआर परिक्षण गरेको छ भने आरडीटी विधिबाट ९० हजार २६ जनाको परिक्षण गरिएको प्रवक्ता डा.देवकोटाले बताउनु भयो । दुवै गरेर देशभर १ लाख ३८ हजार ४४१ जनाको परिक्षण भइसकेको छ ।

बितेका २४ घन्टामा पीसीआर विधिबाट २ हजार ८५६ तथा आरडीटी परिक्षण ३ हजार ७९१ जनाको गरिएको छ ।

आरडीटी परिक्षण प्रदेशमा
प्रदेश १ मा १०,२४४
प्रदेश २ मा ६,३४४
वागमती प्रदेशमा २२,८११
गण्डकी प्रदेशमा ७,७०१
प्रदेश ५ मा १३,२६७
कर्णाली प्रदेशमा ९,०४९ र
सुदूरपश्चिम प्रदेशमा २०,६१० गरेर जम्मा ९० हजार २६ जनाको आरडीटी परिक्षण गरिएको छ

क्वारेन्टाईन प्रदेश
प्रदेश १ मा १,४५०
प्रदेश २ मा ८,२३८
वागमती प्रदेशमा ५६२
गण्डकी प्रदेशमा ८८२
प्रदेश ५ मा १९,५२५
कर्णाली प्रदेशमा ३००४ र
सुदूरपश्चिम प्रदेशमा ६,१४३ गरी कुल ३९ हजार ८०४ जना क्वारेन्टाईनमा रहेका छन् ।

आईसोलेसनमा रहेका
प्रदेश १ मा ६०
प्रदेश २ मा १६६
वागमती प्रदेशमा २४
गण्डकी प्रदेशमा ३
प्रदेश ५ मा २४७
कर्णाली प्रदेशमा ४ र
सुदूरपश्चिम प्रदेशमा ९ गरी कुल ५१३ जना आईसोलेसनमा रहेका छन् ।

डिस्चार्ज हुनेको संख्या ८७
प्रदेश १ मा २६
प्रदेश २ मा १३
वागमती प्रदेशमा ९
गण्डकी प्रदेशमा २
प्रदेश ५ मा ३२
कर्णाली प्रदेशमा ० र
सुदरुपश्चिम प्रदेशमा ५ जना गरी कुल ८७ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा कोरोनाभाइरस फैलिएका जिल्ला ४२ पुगेका छन् । आज नुवाकोटका एक जनामा संक्रमण पोजेटिभ देखिएपछि नुवाकोट कोरोना संक्रमणले छोएको ४२ औं जिल्ला भएको छ ।

कुन प्रदेशमा कति संक्रमित ?
प्रदेश १ मा ८६
प्रदेश २ मा १७९
वागमती प्रदेशमा ३४
गण्डकी प्रदेशमा ५
प्रदेश ५ मा २८१
कर्णाली प्रदेशमा ४ र
सुदरुपश्चिम प्रदेशमा १४ गरी नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या कुल ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभएको छ । हालसम्म ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

Facebook Comments