संकटमा सहि सूचना संप्रेष गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध, भ्रम फैलाए कडा कारबाहि(सूचना)

अनलाइनअन्नपूर्ण/पोखरा, जेष्ठ ७

सूचनालाई तोडमोड गरी केहि अनलाइन मिडियाले निजी संस्थाबाट परिक्षण कोरोनाभाइरसको परिक्षण गराउन १५ हजार रेट तोकिएको भनि समाचार संप्रेषण गरको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको बताएको छ ।

हालसम्म कुनैपनि दर, रेट नतोकिएको मन्त्रालयले जनाएको छ । यसका बारेमा निर्णय हुन बााँकि रहेकोले राज्यको चौथो अंगको रुपमा रहेका पत्रकारहरुले यस्तो संकटको घडीमा सही सन्देश मात्र प्रवाह गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

अन्यथा, यसरी पटक पटक भ्रमपूर्ण समाचार संप्रेषण गरी समाजमा उत्तेजना फैलाउने कार्य भएमा कानून बमोजिक कडा कारबाहि गरिने मन्त्रालयका आई.सी.एस कोर्डिनेटर डा.गुणराज लोहनीले आज जारी गर्नुभएको अत्यन्त जरुरी सूचनामा चेतावनि दिईएको छ ।

Facebook Comments