शुल्क फिर्ता नगर्ने मेडिकल कलेजमाथि फौजदारी मुद्दा चलाउन डा। केसीको माग

काठमाडौं मंसिर ९ । चिकित्सा शिक्षाका अभियन्ता डा। गोविन्द केसीले सरकारले तोकेको अल्टिमेटम सकिँदा पनि शुल्क फिर्ता नगर्ने मेडिकल कलेजमाथि फौजदारी मुद्दा चलाउन तथा सम्पति राष्ट्रियकरणको प्रक्रिया सुरु गर्न पनि माग गरेका छन् ।

सोमबार अर्थात आज प्रेस विज्ञप्ति जारी गदै डा। केसीले शुल्क फिर्ता नगरेका तत्काल ठगी गर्नेहरुलाई पक्राउ गरेर फौजदारी मुद्दा चलाउन तथा मेडिकल कलेजहरुको राष्ट्रियकरणको प्रक्रिया सुरू गर्न पनि माग गरेका हुन्


उनले प्रधानमन्त्री ओली आफैंले सार्वजनिक रुपमा ठगी गर्नेलाई कारवाही गर्ने भने पनि ठगहरुका नाइके उनकै पार्टीका नेता तथा हितैषी भएका कारण केही गर्न नसकेको टिप्पणी गरे ।

डा।केसीले जारी गरेको प्रेस विज्ञप्ति

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि हामी लामो समयदेखि संघर्षरत छौं । दुरदराजका विपन्न समेत सबै नागरिकले गुणस्तरीय सेवा पाउने तथा योग्य विद्यार्थीले इच्छाएको विषय पढ्न पाउने अधिकार स्थापना गर्नु हाम्रो मुख्य ध्येय रहिआएको छ ।

यसै क्रममा हाम्रो निकै लामो संघर्षपछि माथेमा कार्यदलको प्रतिवदेनमार्फत चिकित्सा शिक्षामा शुल्क तोक्ने व्यवस्था भएको थियो। त्यस यता लगातार सो व्यवस्था कार्यान्वयनका लागि हामीले संघर्ष गरिरहेका छौं । तर सरकारले आफैंले तोकेको शुल्क कायम गर्नु त कता, माफिया र अपराधीहरुलाई संरक्षण गरिरहेको छ । फलस्वरुप शुल्कमा दशौं अर्बको कालोबजारी गर्नेहरु दण्डित हुनुको सट्टा पुरस्कृत हुँदै गइरहेका छन् ।

पछिल्लो समय हाम्रो सत्याग्रह तथा विद्यार्थीको आन्दोलनका कारण सरकारले अवैध रुपमा असुलिएको रकम फिर्ता गर्न बारम्बार मेडिकल कलेजहरुसित अनुनय विनय गरे पनि तिनका सञ्चालकहरुले सुनुवाइ गरेका छैनन् । सरकार चाहिं यति नालायक र लाचार भएको छ कि शुल्क फिर्ता गर्ने समयसीमा पटक पटक बढाउनेबाहेक केही गरेको छैन

प्रधानमन्त्री ओली आफैंले सार्वजनिक रुपमा ठगी गर्नेलाई कारवाही गर्ने भने पनि ठगहरुका नाइके उनकै पार्टीका नेता तथा हितैषी भएका कारण केही गर्न सकेका छैनन् । प्रधानमन्त्रीको संरक्षण प्राप्त अपराधीहरुले शुल्क फिर्ता गर्ने मात्र हैन विद्यार्थीलाई अमानवीय यातना र धम्की दिइरहेका छन् ।

त्यसैले यस्तो दोहोरो भुमिका तत्काल बन्द गरी त्रिवि र केयुअन्तर्गतका सबै मेडिकल कलेजले हाल अध्ययनरत सबै विद्यार्थीसँग लिएका अवैध शुल्क तत्काल फिर्ता गर्न सरकारसँग जोडदार माग गर्दर्छौं । साथै सरकारले दिएको पछिल्लो अल्टिमेटम सकिंदा पनि शुल्क फिर्ता नभएकाले तत्काल ठगी गर्नेहरुलाई पक्राउ गरेर फौजदारी मुद्दा चलाउन तथा मेडिकल कलेजहरुको राष्ट्रियकरणको प्रक्रिया शुरु गर्न पनि माग गर्दर्छौं ।

स्मरण रहोस् हामीले सत्याग्रहको पछिल्लो चरण स्थगन मात्रै गरेका हौं । तत्काल विद्यार्थीहरुसँग अवैध रुपमा लिइएको शुल्क फिर्ता गर्ने लगायतका हाम्रा माग पूरा नभएमा सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी पनि दिन चाहन्छौं । बाह्रखरी

डा गोविन्द केसी
२०७६।८।९

Facebook Comments