शुक्रवार एशिया, यूरोप र अमेरिकासहित २२ देशमा ३७७ को मृत्यु, इटाली कोरोनाभाइरस प्रकोपको केन्द्र

शुक्रवारसम्म विश्वभर २ लाख ५२ हजार ८१७ वटा कोरोनाका केसहरु गणना

अनलाइनअन्नपूर्ण/पोखरा चैत्र ७

शुक्रवार बेलुकासम्म आउँदा चाईनालाई पछि पार्दै इटाली विश्वको सबैभन्दा वढि कोरोनाभाइरसको प्रकोपको केन्द्र भएको छ । इटालियन नागरिक सुरक्षा एजेन्सिले पत्रकार सम्मेलन गरेर चीनको अहिलेसम्मको मृत्यु संख्यालाई उछिनेर इटाली १५७ मृत संख्याले अगाडी देखिएको छ ।

जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार ३ हजार ४०५ को मृत्यु भईसकेको छ । इटालीमा कोरोनाबाट ४१ हजार ३५ जना संक्रमित भएका छन् भने थप ५ हजार ३२२ नयाँ घटनाहरु देखिएको अधिकारीहरुले बताएका छन् ।

इटाली विश्वस्तरीय स्वास्थ्य प्रणालीको प्रकोपको विन्दुमा पुगेको छ । विशेषगरि मुलुकको उत्तरी क्षेत्रमा धेरै घटनाहरु देखिएका छन् । पर्याप्त सुरक्षा अभावकोे कारण स्वास्थ्यकिर्महरु पनि प्रभावित भएको बताईएको छ ।

यसैबीच इटालियन शिक्षामन्त्री लुसिया एजोलिनाले पूर्ण सुरक्षाको निश्चितता भएपछि मात्र विद्यालय कलेज पुनः खोल्ने बताउनु भएको छ ।

कोरोनाभाइरसको संक्रमणबाट भएको मृत्यु दरको रेटलाई हेर्ने हो भने ईटालीको अवस्था गम्भिर देखिन्छ । त्यहाँको मृत्यु दरले चाईनाको तथ्यांकलाई उछिनेको छ । चाईनामा अहिलेसम्म मृत्यु हुनेको संख्या ३,२४८ रहेको छ भने इटालीमा शुक्रवार बिहानसम्मको डाटालाई हेर्ने हो भने ३,४०५ पुगेको छ । इटालीमा चाईना भन्दा १५७ वढि मानिसको मृत्यु भएको छ ।

चाईनामा पछिल्ला दिनमा नयाँ केसहरु तथा मृत्यु दर कम हुँदै गएको छ भने इटाली, इरान, स्पेन, जर्मनी, अमेरिका, फ्रान्स, दक्षिण कोरिया लगायतका देशमा वढेको छ । शुक्रवार मात्रै बेलुकासम्मको रेकर्डलाई हेर्ने हो भने चाईनामा ३, स्पेनमा १७१, इरानमा १४९, अमेरिकामा १०, बेल्जियममा १६, डेनमार्कमा ३, दक्षिण कोरियामा ३, पेरुमा २, पोर्चुगलमा १, पाकिस्तानमा १, पोल्याण्डमा १,, ईण्डोनेशियामा ७, ईक्वेडोर १, भारतमा १, कोस्टारीका १, फिलिपिन्स १,ताईवान १, अल्जेरिया १, हंगेरि २, भियतनाम १, मोरक्कोमा १, गाबोनमा १ गरि शुक्रवार मात्रै ३७७ जनाको मृत्यु भएको छ ।

सेकेण्ड सेकेण्डमा विश्वभरको कोरोनाको संक्रमण सम्वन्धि डाटाहरु प्रकाशसन गरिरहेको वल्र्ड ओ मिटर्सले जनाए अनुसार कोरोनाको प्रभाव १८२ देशमा देखिएको छ । शुक्रवारसम्म विश्वभर २ लाख ५२ हजार ८१७ वटा कोरोनाका केसहरु गणना गरिएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ४०५ पुगेको छ भने ८९ हजार ६१ मानिस निको भएर घर फर्किएका छन् ।

विश्वभर सक्रिय केसहरु १ लाख ५३ हजार ३५१ रहेका छन् । १ लाख ४५ हजार ८९३ अर्थात ९५ प्रतिशत मानिसको अवस्था सामान्य छ भने ७ हजार ४५८ अर्थात ५ प्रतिशत मानिसको अवस्था गम्भिर रहेको छ ।

Facebook Comments